०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

नेपालगन्जको नगरभित्रका ग्रामीण ठाँउहरुलाई माथि उठाउने काम गर्ने प्रतिबद्ध बिष्ट

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९


(ABC=SANCHAR)
बाँके । नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले नगरभित्रका ग्रामीण क्षेत्रहरुलाई प्राथमिकता दिएर काम गर्ने बताउएका छन् ।

मतदातालाई भेट्ने क्रममा वडा नम्बर २३ लोहारपुरवा पुगेका विष्टले उपमहानगरभित्र रहेर पनि भौतिक र सामाजिक विकासमा पछि परेका बस्तीहरुलाई माथि उठाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

मलाई जिताउनुस्, म गाउँ र शहरका सबै नागरिकहरुलाई उत्तिकै महत्व दिएर काम गर्छु, ग्रामीण क्षेत्र अझ पछाडि परेकाले अवश्य पनि बढी प्राथमिकता दिएर काम गर्छु, विष्टले भन्नुभयो, सेवा सुविधा दिने कुरामा पनि मेरो विशेष ध्यान रहन्छ । उनले ग्रामीण बजारलाई प्रबद्र्धन गर्ने गरी काम गर्ने पनि बताए ।

नगर प्रमुखका उम्मेदवार विष्टले स्थानीय कृषि उत्पादनहरु बढाउँदै ती उत्पादनले उचित बजार पाउने गरी काम गर्ने उल्लेख गरे । वडा नम्बर २३ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जबर अली बेहना, महिला सदस्य पुनमसिंह ठकुरी, दलित महिला सदस्य नन्कुन्ना खटिक तथा खुला सदस्यका उम्मेदवारहरु सौकत अली बेहना र फारुक दर्जी घरदैलोमा व्यस्त छन् ।

वडा नम्बर १८ मा घरदैलो
यस्तै नगर प्रमुख पदका उम्मेदवार विष्टले आजै वडा नम्बर १८ तेजनगरमा वडाका उम्मेदवारहरुसंगै घरदैलो गरेका छन् । वडा अध्यक्षका उम्मेदवार मंगल प्रसाद बर्मा ९सानु०, महिला सदस्य उम्मेदवार केशु पोख्रेल, दलित महिला सदस्य सरोज खटिक तथा खुला वडा सदस्यका उम्मेदवारहरु राम बहादुर भण्डारी र रामप्रकाश मौर्य पनि घरदैलोमा संगसंगै थिए । घरदैलोमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, काँग्रेसका जिल्ला उपसभापति गोपाल अधिकारी, क्षेत्रीय सभापति रमेश गुप्ता, नेता ललित रौनियार लगायतका नेता कार्यकर्ता पनि संगसंगै हिडेँका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!