२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

आईजिपी नपाए पछी विश्व पोखरेल उर्फ ‘फड्के’को राजद्रोह !

Logo
प्रकाशित मंगलबार, बैशाख २०, २०७९

 

काठमाडौं । नेपाल प्रहरी जनताबीच सरकारको उपस्थितिको सबैभन्दा भरपर्दो माध्यम । ‘सत्य सेवा सुरक्षम्’लाई मूलमन्त्रका रुपमा अपनाई आजभन्दा करिब ७० वर्षअघि जनतालाई सुरक्षाको प्रत्याभूति दिने मुख्य उद्देश्यसहित गठन गरिएको संगठन । जसले विभिन्न आरोह–अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ ।

२००७ सालमा प्रजातन्त्रको आगमनसँगै तोरण शमशेर जबराको नेतृत्वमा रहेको संगठनमा अहिलेसम्म २८ जनाले नेतृत्व गरिसकेका छन् भने २९ औं आईजीका रुपमा धिरजप्रताप सिंहले आइतबारदेखि नेतृत्व सम्हालेका छन् ।

जनतासँग प्रत्यक्ष रुपमा र कानुनको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएको नेपाल प्रहरी पछिल्लो समय राजनीतिक दलको स्वार्थमा चल्न थालेको आभाष देखिन थालेको छ ।

२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापनापछि नेपालमा आएको बहुदलीय व्यवस्थासँगै ‘प्रहरीमा राजनीति’ वा ‘राजनीतिमा प्रहरी’ घुसेको आभाष पाइन थालेको छ । पछिल्लो समय राजनीतिक दल र नेताले आफ्नो ईशारामा चलाउने प्रयास गरेको बखतमा विवाद देखिने गरेका छन् । र, कतिपय प्रहरी अधिकारीहरु भने राजनीतिक दल र नेताकै संरक्षणमा नेतृत्वका लागि अभिलाषासहित लिप्त देखिन्छन् ।

राजनीतिलाई आफूमा ढाल्न खप्पिस पोखरेल कहिले कांग्रेसको पिठ्युँ चढे वा कहिले एमाले नेताको प्रयोग गरे । फरक फरक राजनीतिक दललाई पटक-पटक आफूतिर ढाल्न खप्पिस पोखरेल संगठनमा रहँदा आफू कति राजनीतिक दलप्रति ढले त्यो गर्भकै विषय छ ।

राजनीतिक दलको हालीमुहाली भएको पछिल्लो समयमा हरेक राजनीतिक दलका नेतृत्वले आफू अनुकूल संगठन चलोस् भन्ने चाहना राख्नु अन्यथा होइन, तर व्यावसायिक एवं देशकै सबैभन्दा महत्वपूर्ण र संवेदनशील संगठन नेपाल प्रहरी राजनीतिक दलप्रति भन्दा पनि राज्य र जनताप्रति उत्तरदायी हुनुपर्ने हो । तर, त्यस्तो देखिएको छैन ।

स्थानीय निर्वाचनको संघारमा रहेकोबेला संगठनको नेतृत्वकर्ता शैलेश थापा क्षेत्रीको अनिवार्य अवकाशसँगै नेतृत्वका लागि सरकारले नयाँ नेतृत्व चयन गरेको छ । संगठनमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मध्येबाट एक जनालाई महानिरीक्षकमा नियुक्त गर्नुपर्ने प्रावधानअनुसार सरकारले धिरजप्रताप सिंहलाई आईजीमा गर्यो । तर सिंहको नियुक्ति निर्विवाद भने बन्न सकेन ।

मुलुक निर्वाचनमा होमिइसकेको अवस्थामा ३० औं वर्षसम्म संगठनमा रहेका प्रतिस्पर्धीले पदको ‘अनुनय–विनय’ गर्दै अदालतको ढोका ढक्ढक्याउन पुगेका छन् । आफूलाई सिनियर एआईजी भएको दाबी गर्दै विश्वराज पोखरेल सर्वोच्चको शरण पुगेका हुन् ।

उनी संगठनमा कामभन्दा चाकरीको भरमा ब्याचीलाई ‘टप्दै’ एसएसपी/डिआईजी/एआईजी बनेका विवादित प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । राजनीतिलाई आफूमा ढाल्न खप्पिस पोखरेल कहिले कांग्रेसको पिठ्युँ चढे वा कहिले एमाले नेताको प्रयोग गरे । फरक फरक राजनीतिक दललाई पटक-पटक आफूतिर ढाल्न खप्पिस पोखरेल संगठनमा रहँदा आफू कति राजनीतिक दलप्रति ढले त्यो गर्भकै विषय छ ।

पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा आफूलाई सिनियर दाबी गरिरहँदा एसपीमा हुँदा २० औं नम्बरमा रहेको तथ्यलाई भने देखाएका छैनन् ।

एसपी हुँदा देखिनै चाकडीकै भरमा आफूभन्दा सिनियर ब्याचकालाई समेत उछिन्दै सफल पोखरेल एसएसपी बढुवा भए । एसएसपीमा रहँदा हेडक्वार्टरबाट तत्कालिन डिआईजी नवराज सिलवाललाई पक्राउ गर्ने शर्तसहित कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यसचिव लोकदर्शन रेग्मीको पहुँचमा महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख भएर आए।

प्रहरी महानिरिक्षक (आईजी) काण्डमा कार्य सम्पादन मुल्यांकन किर्ते प्रकरणमा तत्कालिन सरकारले डिआईजी सिलवालमाथि अनुसन्धान सुरु गरेको थियो । त्यसबेला परिसर प्रमुख एसएसपी रवीन्द्र धानुक थिए, जो अहिले पोखरेलसँगै आईजीकै दाबेदार हुन् । मुद्दा हेर्ने जिम्मा तत्कालिन डिएसपी बेल पाण्डेको थियो । पाण्डे र धानुकले यो मुद्दाको अनुसन्धान तत्कालिन कर्मचारी प्रशासनको प्रमुखबाट सुरु हुने र मुख्यसचिव समेत अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने राय दिएपछि सिलवालविरूद्ध धानुक र पाण्डेलाई हटाएर पोखरेल र डिएसपी मोहन थापालाई प्रयोग गरिएको थियो ।

पोखरेलपरिसरमै रहेको बेला भक्तपुरका ८ वर्षीय बालकको अपहरण काण्डमा अपहरणकारीलाई पठाइएको म्यासेज लिक भएपछि उनको कार्यक्षमतामा फेरि प्रश्न उठेको थियो । ‘कोभर्ट अपरेशन’ नाम दिइएको उक्त घटनामा अपहरणकारीको पन्जाबाट बच्चालाई सकुशल उद्धार गर्नुपर्ने प्रहरीले गुण्डागर्दी शैलीमा अपहरणकारीलाई ‘बच्चा छोड्ने नत्र ठिक हुँदैन भन्दै धम्क्याउने’ म्यासेज पठाएका थिए ।

पटक–पटक आफूभन्दा सिनियर ब्याचीहरुलाई समेत पाखा लगाउँदै बढुवा खान अभ्यस्त पोखरेलले संगठनको नेतृत्वका लागि व्यावसायिक दक्षता, कार्यसम्पादन, परिपक्वता र संगठनभित्रकै सहकर्मीहरुको साथलाई बेपर्वाह ठान्दै सर्वोच्च गएका छन् । सर्वोच्चले विगतका उनका इतिहास र कार्यसम्पादनको पृष्ठभूमिलाई अध्ययन गर्ने हो भने पोखरेलको रिट दर्ता नै नहुनुपर्ने हो ।

दैनिक कार्य सम्पादनमा समेत असफल सिद्ध भएपछि गृह प्रशासनबाट तानिन पुगेका थिए पोखरेल । प्रहरीमा सामान्यतया १ वर्षपछिमात्र परिसरबाट सरुवा गर्ने प्रचलन रहे पनि पोखरेल सोही घटना र असक्षम नेतृत्व र कार्यसम्पादनका कारण ५ महिनामै तानिएका थिए । तर, संगठन र सरकारले असक्षम भन्दै तानिएका पोखरेल राजनीतिक दलकै संरक्षण र चाकडीकै भरमा डिआईजीको पुरस्कार हत्याउन सफल भए । पोखरेलको डिआईजी बढुवामा साइनोकै भरमा ईश्वर पोखरेलको साथ रहेको संगठन भित्र र बाहिर चर्चा परिचर्चा हुने गर्दछ ।

डिआईजी भएलगत्तै काठमाडौं मेट्रोमा पदबहाली गरेका पोखरेलले डिआईजीमा कोही सिनियर र जुनियर नहुने अभिव्यक्ति दिएका थिए । अहिले उनै पोखरेल एआईजीमा आफूलाई सिनियर भन्दै पदका लागि सर्वोच्च पुगेका छन् ।प्रहरी नियमावलीमा आईजीका लागि कार्यसम्पादन, परिपक्वता र कमाण्डमा उत्कृष्ट एआईजीमध्येबाट राज्य सञ्चालनका लागि उपयुक्त देखेको व्यक्तिलाई सरकारले नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ ।
अनलाईन-न्युज 7 बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!