२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

बुधबार पहाडी क्षेत्रमा मौसम बदली वर्षाकाे सम्भावना

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९


(ABC=SANCHAR)
काठमाडाैं । उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेकाे छ । गएराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे । स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

दिउँसो पहाडी भूभागका केही र तराईका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ । राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

error: Content is protected !!