
(ABC=SANCHAR)
पर्सा । बिरगंज महानगरपालिकाका विभिन्न वडाहरुका महिलादेखि विद्यार्थीहरुले पनि रम्भा मिश्रालाई जिताउनुपर्नेमा जोड दिएका छन् ।
स्वतन्त्रबाट वीरगञ्ज महानगरपालिकाको उपप्रमुख (उपमेयर) मा उम्मेदवारी दिएकी मिश्रालाई जिताउनुपर्ने महिला तथा विद्यार्थीदेखि स्थानीयहरुको भनाई छ ।
वीरगञ्ज महानगरपालिकाको माइस्थान, रेल्वे रोड, पानी ट्यांकी, मुर्ली बगैचा, भिस्वा लगायतका स्थानमा गएर मिश्राले स्थानीयसँगको भेटघाटलाई तिव्रता दिएकी छिन् ।
गठबन्धनसँगै विपक्षी गठबन्धनबाट पनि कुनै महिला उपमेयरमा नल्याएपछि स्वतन्त्र महिलालाई जिताउनुपर्ने स्थानीयको प्रतिक्रिया छ ।
महिलाहरुको सशक्तिकरण र समान रुपमा अर्थपूर्ण सहभागिताका लागि आफुलाई उपमेयरमा निर्वाचित बनाउन मिश्राले आग्रह गरेकी छिन् । उनले बुधवार नै वीरगञ्जका बौद्धिक वर्गसँग पनि छलफल गरेकी थिइन् । बौद्धिक प्रबुद्ध वर्गदेखि श्रमिक वर्गलेसमेत मिश्रालाई समर्थन गरेका छन् ।