२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ईलाका प्रहरी कार्यालय जमुनाहा प्रहरीले ब्राउनसुगर सहित २ जना पक्राउ     

Logo
प्रकाशित बिहिबार, बैशाख २२, २०७९

(महेन्द्र सिंह )
बाँके । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट लागू औषधसहित दुईजना पक्राउ परेका छ्न । ६ ग्राम ब्राउन सुगरसहित बैजनाथ गाउँपालिका ३ का २३ वर्षका कृष्णप्रसाद रेग्मी र दैलेख नारायण नगरपालिका– ९ कि २४ वर्ष कि दिपिका पुन पक्राउ परेका हुन ।

भे १२ प १४९७ नम्बरको मोटरसाइकलमा रुपैडियाबाट नेपालगन्ज आउनेक्रमम शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो ।

त्यसक्रममा रेग्मीको पाइन्टको दाइने खल्तीबाट ब्राउन सुगर फेला परेको हो । ब्यूरोको टोली र जमुनाह प्रहरीले उनिहरुलाई पक्राउ गरेको जमुनाह प्रहरी चौकीका इन्चार्ज मीन बहादुर बिष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]