११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

२५ गते दाङको तुल्सीपुरमा प्रधानमन्त्री देउवा र प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न आउदै

Logo
प्रकाशित शनिबार, बैशाख २४, २०७९

(ABC=SANCHAR)
दाङ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि दाङ आउन लाग्नेका छन् । सयुक्त गठबन्धन जिल्ला समन्वय समितिले आयोजना गर्न लागेको चुनावी सभा कार्यक्रमलाई सम्वोधन गर्न देउवा र प्रचण्ड दाङ आउन लागेको नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले जानकारी दिए ।

दुवै शिर्ष नेताहरुले घोराही र तुलसीपुरमा हुने चुनावी कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । भोली दिउँसो साढे एक बजे तुलसीपुरको अरनीको मैदानमा हुने कार्यक्रम र दिउँसो साढे तिन बजे घोराहीमा हुने चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको सभापति डाँगीले जानकारी दिए । संयुक्त चुनावी गठबन्धन मार्फत पालिका तहको चुनावमा होमिएकाले चुनावी सभालाई संयुक्त रुपमा सम्बोधन गर्न देउवा र प्रचण्ड दाङ आउन लागेको उनले बताए । घोराहीमा जिल्ला समन्वय समितिको दक्षिण तर्फको शहीद मञ्चमा बृहत कार्यक्रम आयोजना गरीएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी […]

error: Content is protected !!