२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

२५ गते दाङको तुल्सीपुरमा प्रधानमन्त्री देउवा र प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न आउदै

Logo
प्रकाशित शनिबार, बैशाख २४, २०७९

(ABC=SANCHAR)
दाङ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि दाङ आउन लाग्नेका छन् । सयुक्त गठबन्धन जिल्ला समन्वय समितिले आयोजना गर्न लागेको चुनावी सभा कार्यक्रमलाई सम्वोधन गर्न देउवा र प्रचण्ड दाङ आउन लागेको नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले जानकारी दिए ।

दुवै शिर्ष नेताहरुले घोराही र तुलसीपुरमा हुने चुनावी कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । भोली दिउँसो साढे एक बजे तुलसीपुरको अरनीको मैदानमा हुने कार्यक्रम र दिउँसो साढे तिन बजे घोराहीमा हुने चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको सभापति डाँगीले जानकारी दिए । संयुक्त चुनावी गठबन्धन मार्फत पालिका तहको चुनावमा होमिएकाले चुनावी सभालाई संयुक्त रुपमा सम्बोधन गर्न देउवा र प्रचण्ड दाङ आउन लागेको उनले बताए । घोराहीमा जिल्ला समन्वय समितिको दक्षिण तर्फको शहीद मञ्चमा बृहत कार्यक्रम आयोजना गरीएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

error: Content is protected !!