२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

देश बचाउन गठबन्धनकाे आवश्यकता खाचो छ प्रधानमन्त्री शेर बहादुर देउवा

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९

(ABC=SANCHAR)
दाङ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । तुलसीपुरमा आईतबार पाँच दलिय गठबन्धनले संयुक्त रुपमा आयोजना गरेको वृहत चुनावी आमसभाको प्रमुख अतिथी समेत रहेका देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई दुर्घटना तर्फ लैजान लागेको बेला त्यसलाई रोक्नको लागि बनेको एैतिहासिक र राष्ट्रिय आवश्यकता नै गठबन्धन रहेको बताए । उनले गठबन्धनले सबै भन्दा बढि काँग्रेसलाई फाईदा पु¥याएको भन्दै यो गठबन्धन जोगाउन आबश्यक रहेको बताए ।

संसदमा विरोध भएपछि संसद नै विघटन गर्ने, जनताको निर्णय पनि नमान्ने, अदालतको निर्णय पनि नमान्ने, बहुमतको पनि निर्णय नमान्ने केपी वलीको प्रबृतिले मुलुक अफ्टेरोमा पर्न थालेपछि गठबन्धन गरिएको देउवाले बताए । उनले धेरै प्रयासपछि अदालतबाट संसद फिर्ता गराउन सफल भएको बताउँदै केपी ओली प्रजातन्त्र हुन नसक्ने दावी गरे । ओलीबाट मुक्ति पाउनको लागि पनि अहिले गठबन्धनको सरकार आएको बताए । अहिले अन्य कुराको प्रवाहा नगरी गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने आवश्यकता रहेको देउवाले बताए । अहिलेको अवस्थामा गठबन्धनका उम्मेदवारहरुले चुनाव जितेमा देशको विकास हुने बताउदै उनले तुलसीपुरमा गठबन्धनबाट मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी उपमेयर पदमा उम्मेदवार जोग बहादुर राणा लगायत गठबन्धनका सम्र्पुण उम्मेदवारलाई विजय बनाउन आम नागरिकहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्डले) लामो संर्घष र ठुलो वलिदान पछि नेपालमा संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको बताउँदै नेपाली कांग्रेस र वामपन्थी बीचमा सहमती र सहकार्य भएपछि नै नेपालमा संविधान सभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्न सकेको बताए । यही प्रक्रियाबाट संविधान बनाउँदा धेरै चुनौती आएपनि त्यसलाई घोषणा गर्न सफल भएको बताए ।

अहिलेको गठबन्धन त्यही संविधानको रक्षा गर्न, लोकतन्त्र र गणतन्त्र, संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीको लागि भएको बताए । विगतका तिता मिठा अनुभव लिएर अहिले गठबन्धन भएको बताउँदै स्थानीय तहको निर्वाचनको लागि मात्रै नभएर प्रदशे, संघीय निर्वाचन हुँदै देशमा विकास र समृद्धि बढाउँन गठबन्धनलाई केही दशक टिकाउन आवश्यक रहेको बताए ।दशकसम्म गठबन्धन टिकाउनका लागि नेताले मात्रै कुरा बुझेर नहुँने भएकाले यो कुरा आम जनसमुदायले बुझेर सहयोग र योगदान गर्न जरुरी रहेको बताए ।

अहिलेको गठबन्धन प्रतिगामी षड्यन्त्र परास्त गर्नको लागि जन्मिएको बताउँदै यो निर्वाचनबाट पनि त्यसलाई परास्त गर्न आवश्यक रहेको बताए । साथै प्रचण्डले दाङमा प्रतिगामी षड्यान्त्रलाई परास्त गर्न गठबन्धनका उम्मेदारहरुलाई विजय बनाउन अपिल समेत गरे । कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका महासचिव बिजय पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो कमजोरी लुकाउन एकलौटी रुपमा निर्णय गर्न पार्टी फुट्न पुगेको बताए । विदेशी शक्तिको आडमा ओलीले प्रतिनिधि सभा भैग गरेको आरोप लगाए । नेपाली कांग्रेस दाङमा सभापति शंकर डाँगीको अध्यक्षतामा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]