०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

रोल्पामा काङ्ग्रेस र माओवादी कार्यकर्ता बीच झडप

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९

(ABC=SANCHAR)
रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
झडपका क्रममा माओवादी कार्यकर्ताले खुकुरी प्रहार गर्दा गएराति कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् ।

गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका हुन् ।
कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने प्रहरीले जनाएकोे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!