२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रोल्पामा काङ्ग्रेस र माओवादी कार्यकर्ता बीच झडप

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९

(ABC=SANCHAR)
रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
झडपका क्रममा माओवादी कार्यकर्ताले खुकुरी प्रहार गर्दा गएराति कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् ।

गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका हुन् ।
कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने प्रहरीले जनाएकोे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]