२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

धेरै चुनाव चिन्हमा भोट हाल्दा बदर हुने जोखिम धेरै

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९

(ABC=SANCHAR)
काठमाडौं । मतदाता शिक्षा प्रभावकारी नहुँदा यसपल्टको स्थानीय निर्वाचनमा बदर मत बढ्ने सम्भावना देखिएको छ । निर्वाचन आयोगले मतदातालाई सही तवरले मतदान गर्न सिकाउन नसकेको भन्दै आलोचना बढिरहेको छ ।

अहिले गठबन्धनमा आबद्ध दलका मतदाताले धेरै ठाउँमा मत हाल्नुपर्ने अवस्था छ । पाँच दलहरूबीच गठबन्धन भई साझा उम्मेदवार तय गरिएको अवस्थामा सबै दल तथा उम्मेदवारको चिह्न मतपत्रमा राखिँदा अशिक्षित मतदाता झुक्किने सम्भावना छ । मतपत्र पनि झुक्किने खालका रहेको गुनासो सर्वसाधारणको छ ।

मतपत्र आवश्यकताभन्दा भद्दा र लामो छ । मतपत्रमा धेरै चिह्न भएका कारण मतदाता अन्योलमा छन् । चिह्न छुट्याउन सकस छ । मतदाता नै झुक्किने ठूला मतपत्र छन् । यसपल्ट मतपत्रकै कारण कम्तीमा पाँच प्रतिशत मत बदर हुने अनुमान विश्लेषकहरूको छ । मतदाता शिक्षा प्रणाली केन्द्र र सदरमुकाममा मात्र फोकस हुँदा तल्लो तहमा समस्या देखिएको छ । मतदातालाई मत हाल्ने सही तरिका नै सिकाउन सकिएको छैन ।

 

यसपल्टको निर्वाचनमा पनि पुरानै ढर्रा देखिएको छ । विकटवर्ती गाउँ, दुर्गम र अनाक्षर मतदाताको आवश्यकताअनुसार मतदाता शिक्षाको कमी भएको आकलन भएको छ । यसपटक ७० प्रतिशतभन्दा बढी मत खस्ने पूर्वानुमान छ ।

७० प्रतिशत मत खसे पनि पाँच प्रतिशत बदर हुँदा करिब ६ लाख मत खेर जाने अवस्था छ । तर यसपटक स्थानीय निर्वाचनमा मात्रै मतदाता शिक्षामा २४ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये नौ करोड रुपैयाँ त मुलुकभरका खटिएका मतदाता शिक्षक स्वयंसेवकका लागि खर्च गरिने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।