०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

धेरै चुनाव चिन्हमा भोट हाल्दा बदर हुने जोखिम धेरै

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९

(ABC=SANCHAR)
काठमाडौं । मतदाता शिक्षा प्रभावकारी नहुँदा यसपल्टको स्थानीय निर्वाचनमा बदर मत बढ्ने सम्भावना देखिएको छ । निर्वाचन आयोगले मतदातालाई सही तवरले मतदान गर्न सिकाउन नसकेको भन्दै आलोचना बढिरहेको छ ।

अहिले गठबन्धनमा आबद्ध दलका मतदाताले धेरै ठाउँमा मत हाल्नुपर्ने अवस्था छ । पाँच दलहरूबीच गठबन्धन भई साझा उम्मेदवार तय गरिएको अवस्थामा सबै दल तथा उम्मेदवारको चिह्न मतपत्रमा राखिँदा अशिक्षित मतदाता झुक्किने सम्भावना छ । मतपत्र पनि झुक्किने खालका रहेको गुनासो सर्वसाधारणको छ ।

मतपत्र आवश्यकताभन्दा भद्दा र लामो छ । मतपत्रमा धेरै चिह्न भएका कारण मतदाता अन्योलमा छन् । चिह्न छुट्याउन सकस छ । मतदाता नै झुक्किने ठूला मतपत्र छन् । यसपल्ट मतपत्रकै कारण कम्तीमा पाँच प्रतिशत मत बदर हुने अनुमान विश्लेषकहरूको छ । मतदाता शिक्षा प्रणाली केन्द्र र सदरमुकाममा मात्र फोकस हुँदा तल्लो तहमा समस्या देखिएको छ । मतदातालाई मत हाल्ने सही तरिका नै सिकाउन सकिएको छैन ।

 

यसपल्टको निर्वाचनमा पनि पुरानै ढर्रा देखिएको छ । विकटवर्ती गाउँ, दुर्गम र अनाक्षर मतदाताको आवश्यकताअनुसार मतदाता शिक्षाको कमी भएको आकलन भएको छ । यसपटक ७० प्रतिशतभन्दा बढी मत खस्ने पूर्वानुमान छ ।

७० प्रतिशत मत खसे पनि पाँच प्रतिशत बदर हुँदा करिब ६ लाख मत खेर जाने अवस्था छ । तर यसपटक स्थानीय निर्वाचनमा मात्रै मतदाता शिक्षामा २४ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये नौ करोड रुपैयाँ त मुलुकभरका खटिएका मतदाता शिक्षक स्वयंसेवकका लागि खर्च गरिने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!