२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

१३९ मिडियालाई र पत्रकारलाई प्रेस काउन्सिल नेपालको कारबाही

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९


(ABC=SANCHAR)
काठमाडौं । प्रेस काउन्सिल नेपालले १३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था र २९ पत्रकारलाई ध्यानाकर्षण गराएको छ । ८१ वटा सञ्चार माध्यममा आचारसंहिता पालनामा सजग रहन निर्देशन, १७ वटालाई सचेत र १७ वटालाई ध्यानाकर्षण गराइएको छ भने नियमानुसार दर्ता/सूचीकरण नभएका ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको छ ।

अक्क२०७८ चैत २६ गतेदेखि हालसम्म कुल १३९ सञ्चार माध्यमबाट १५० वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएकोमा ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आचारसंहिता प्रतिकूल सामाग्री सम्प्रेषण गर्ने १३९ सञ्चार माध्यममध्ये ३६ वटालाई स्पष्टीकरण सोधिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको, केहीले तथ्य खुलाई क्षमायाचनासहित सामग्री हटाएका र कतिपयले भूल सुधार गरी आगामी दिनमा आचारसंहिता पालनामा प्रतिवद्व रहने जनाएको काउन्सिलले जनाएको छ ।

साथै पत्रकारको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गर्ने क्रममा सामाजिक सञ्जाल (फेसबुक)बाट कुनै दलविशेष तथा उम्मेदवारको प्रचारप्रसार तथा मत आह्वान गर्ने २९ जना पत्रकारलाई ध्यानाकर्षणसमेत गराइएको छ ।

काउन्सिलले स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु भएपश्चात् देशभरका सञ्चार माध्यमहरूको अनुगमन गर्दै निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको छ । सभार प्रेस काउन्सिलबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।