२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

बुधबार र बिहीबार नयाँ मतदाताहरुलाई निर्वाचन आयोगको परिचयपत्र वितरण हुँदै

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९


(ABC=SANCHAR)
काठमाडौं । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ । ‘बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आम संचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रव्यदृश्य माध्यमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारण समेत भरहेका छन्,’ उनले भने ।

वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ ।

शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको जानकारी दिइएको छ ।
रातो-पार्टीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!