०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

सरकारले बुधबारदेखि विद्यालय ६ दिनसम्म बन्द गर्ने

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९


(ABC=SANCHAR)
काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो।

शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिए। उनले भने’आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र छन्। बाँकी रहेका विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा हुने भएको हो।’ हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन्। करिब ८ हजार निजी विद्यालय छन्। सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ।नेपालसमाचारपत्र दैनिकबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदी भएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन […]

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

error: Content is protected !!