२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कञ्चनपुरमा माओवादी केन्द्र र एमाले कार्यकर्ता बीच झडप केही घाइते

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९

(ABC=SANCHAR)
कञ्चनपुर । लालझाडीमा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताको बीचमा झडप भएको छ । एमालेका युवाहरुको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका छन् । रानालाई उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पताल भर्ना गरिएको छ ।

कञ्चनपुर क्षेत्र नम्बर–१ कि सांसद बिना मगर लालझाडी गाउँपालिका–१ मा गएर भोट मागेको निहुँ बनाएर एमालेका कार्यकर्ताले विवाद गरेका थिए । स्थानिय रामप्रसाद रानाको घरमा उनको छोरा रोहित रानाको जन्म दिनको अवसरमा पूर्व मन्त्री मगरलाई खान खान निम्ता गरिएको माओवादी केन्द्रका अगुवा कार्यकर्ताले दाबी गरेका छन् । सो विषयमा रानामाथि आक्रमण भएको थियो ।

मौन अवधीमा जम्मा भएर कार्यक्रम गरेको विषयमा विवाद हुँदा झडप भएको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले रातोपाटीलाई बताए । उनले भने–‘एउटा समूह जम्मा भएको थाहा पाएपछि अर्को समूहले विरोध गरेर आक्रमण गरेको देखिन्छ, आक्रमणमा परेर एकजना घाइते भएका छन् ।’

पूर्वमन्त्री बीना मगरले मौन अवधिमा चुनाव प्रसार गर्न गएको विषय अनावश्यकरूपमा अतिरञ्जित गरिएको बताएकी छिन् । उनले भनिन्–‘लालझाडी गाउँपालिकाको बिनबारीमा गएको बेला एमाले कार्यकर्ताहरूले चुनाव प्रचारमा आएको भन्दै अनावश्यक बखेडा झिकेका हुन् ।’ झडप भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।