०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

कञ्चनपुरमा माओवादी केन्द्र र एमाले कार्यकर्ता बीच झडप केही घाइते

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९

(ABC=SANCHAR)
कञ्चनपुर । लालझाडीमा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताको बीचमा झडप भएको छ । एमालेका युवाहरुको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका छन् । रानालाई उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पताल भर्ना गरिएको छ ।

कञ्चनपुर क्षेत्र नम्बर–१ कि सांसद बिना मगर लालझाडी गाउँपालिका–१ मा गएर भोट मागेको निहुँ बनाएर एमालेका कार्यकर्ताले विवाद गरेका थिए । स्थानिय रामप्रसाद रानाको घरमा उनको छोरा रोहित रानाको जन्म दिनको अवसरमा पूर्व मन्त्री मगरलाई खान खान निम्ता गरिएको माओवादी केन्द्रका अगुवा कार्यकर्ताले दाबी गरेका छन् । सो विषयमा रानामाथि आक्रमण भएको थियो ।

मौन अवधीमा जम्मा भएर कार्यक्रम गरेको विषयमा विवाद हुँदा झडप भएको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले रातोपाटीलाई बताए । उनले भने–‘एउटा समूह जम्मा भएको थाहा पाएपछि अर्को समूहले विरोध गरेर आक्रमण गरेको देखिन्छ, आक्रमणमा परेर एकजना घाइते भएका छन् ।’

पूर्वमन्त्री बीना मगरले मौन अवधिमा चुनाव प्रसार गर्न गएको विषय अनावश्यकरूपमा अतिरञ्जित गरिएको बताएकी छिन् । उनले भनिन्–‘लालझाडी गाउँपालिकाको बिनबारीमा गएको बेला एमाले कार्यकर्ताहरूले चुनाव प्रचारमा आएको भन्दै अनावश्यक बखेडा झिकेका हुन् ।’ झडप भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदी भएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन […]

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

error: Content is protected !!