२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

लमजुङमा एमाले र काङ्ग्रेस कर्याकर्ता बीच झडप हुन्दा किरियापुत्री कुटिए

Logo
प्रकाशित शुक्रबार, बैशाख ३०, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । लमजुङमा मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । बेंसीशहर नगरपालिका वडा नम्बर ११ स्थित एक मतदान केन्द्रमा कांग्रेस निकट किरीयापुत्री भोट हाल्न जाँदा उनलाई सघाउन अर्का व्यक्ति पनि सँगै गएको भन्दै एमाले कार्यकर्ताले विवाद गरेका थिए । त्यसपछि दुई पक्षबीच झडप भएको हो ।

किरीयापुत्री मनोज पन्त आफूसँगै सहयोगी लिएर छिर्दा ११ नम्बर वडाका निर्वतमान अध्यक्ष एमाले निकट अच्युत बगाले थापा नेतृत्वको टोली कुटपिटमा उत्रिएको हो । कांग्रेस समर्थकहरु पनि थापाको टोलीमाथि कुटपिटमा उत्रिएपछि झडप भएको हो । झडपमा कांंग्रेस सर्मथक प्रवल पन्त र निराजन पन्त घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

मतदान स्थलमा एकाएक कांग्रेस मतदाताको संख्या बढेपछि एमाले कार्यकर्ताले अबरोध गर्न खोजेका स्थानीयले बताए । अवरोध गर्न खोजेपछि कांग्रेस समर्थक र एमाले नेता कार्यकर्ताबीच बिबाद र धकेलाधकेल भएपछि कुटपिट सुरु भएको थियो । सुरक्षाकर्मीले अवस्थालाई नियन्त्रणमा लिन नसकेपछि नेपाली सेनाले झडप साम्य पारेको थियो । एक घन्टाभन्दा धेरै तनावको स्थिति आएपछि पुन मतदान सुरु भएको बेसीशहर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

error: Content is protected !!