२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

हुम्लामा हेलिकप्टर मार्फत मतपेटिका सङ्कलन गरेर ल्याउदै

Logo
प्रकाशित आइतबार, जेठ ०१, २०७९

(ABC=SANCHAR)
हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ ।

उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो ।

न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका सङ्कलन गर्न सकिएको थिएन ।

ती तीन स्थानका मतपेटिका आज नेपाली सेनाको हेलीकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्रमा ल्याइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार सङ्कलित मतपेटिकाको मतगणना कार्य आजै बेलुकासम्म सुरु गरिने छ ।

यसैबीच हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली काँग्रेसका कर्णबहादुर रावलले एक हजार ८१० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाही एक हजार १८५ मतले पराजित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा (माओवादी)का ज्ञानबहादुर सिंह एक हजार ८७१ मतले विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का शक्तिसिंह ऐडीले ८५० ल्याइ पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!