२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कंचनपुरमा १०० मतपत्र भनिएको पेटिकामा १२० मत भेटिएपछि विवाद

Logo
प्रकाशित आइतबार, जेठ ०१, २०७९

(ABC=SANCHAR)
कञ्चनपुर । भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको थियो । त्यसपछि मतगणना रोकिएको हो ।

सत्तारूढ दलहरूले सत्ताको चरम दुरुपयोग गरेको भन्दै वडा नम्बर २ मा पुनः निर्वाचन गर्नुपर्ने माग गरेका छन् । नेकपा एमाले, राप्रपालगायतका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले पुनः निर्वाचनको माग गरेका हुन् ।

भीमदत्तमा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका महेश पन्तले वडा नम्बर २ मा पुनः निर्वाचन नहुँदासम्म अन्य वडाको मत गणनामा सहभागी नहुने बताए ।
राज्यशक्तिको दुरूपयोग गर्दै जनमतको अपमान गर्ने काम भएको भन्दै उनले पुनः निर्वाचन हुनुपर्ने माग गरेका हुन् । वडा नम्बर १ को मत गणना भने भइसकेको थियो ।
जसमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका आशेफ कुँवर निर्वाचन भएका छन् । विवादपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा राजनीतिक दल, निर्वाचन कार्यालयका अधिकारी, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका अधिकारी सहभागी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]