२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

प्रधानमन्त्री शेर बहादुर देउवा लुम्बिनीमा

Logo
प्रकाशित सोमबार, जेठ ०२, २०७९


(ABC=SANCHAR)
भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार लुम्बिनी आएका छन् । लुम्बिनीमा हुने दुई कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री देउवा लुम्बिनी आएका हुन् । प्रधानमन्त्री देउवा सोमबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन् भने भैरहवा विमानस्थलको उद्घाटन समेत गर्नेछन् । सोमबारै उनले लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत समेत गर्नेछन् ।

देउवा सोमबार बिहान ७ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवामा आउने कार्यक्र तय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । त्यसपछि उनी भारतीय प्रधानमन्त्रीको स्वागत कार्यक्रममा सहभागी हुनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

error: Content is protected !!