२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी प्रदेश भैरहवा आउँदै

Logo
प्रकाशित सोमबार, जेठ ०२, २०७९


(ABC=SANCHAR)
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्।

मोदी आज बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मोदी लुम्बिनी भ्रमणमा आउने भएपछि हाल त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। मोदी मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ।
लुम्बिनीमा मोदीसँग भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै भैरहवा पुगेका छन्। उनीसँगै संघीय सरकारका एक दर्जन मन्त्री पनि छन् ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शङ्कर वैरागीलगायत उच्च पदस्थ व्यक्तिहरू लुम्बिनी पुगेका हुन्। प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ।

यस्तै लुम्बिनी भ्रमणको पूर्व-सन्ध्यामा भारतीय प्रधानमन्त्री मोदीले लाखौँ भारतीय जस्तै आफू पनि भगवान् बुद्धको पवित्र जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजा अर्चना गर्न उत्सुक रहेको जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।