२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

भाइको विरुद्धमा बागी उठेको भन्दै उम्मेदवार र समर्थकलाई राधेले धम्क्याउन थाले पछी बिरोध र्‍याली

Logo
प्रकाशित सोमबार, जेठ ०२, २०७९

(ABC=SANCHAR)
काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण भण्डारी (राधे) ले भाइको विरुद्धमा बागी उठेको भन्दै स्वतन्त्र उम्मेदवार र समर्थकलाई धम्क्याउन थालेपछि स्थानीय आन्दोलित बनेका छन्।

नीलकण्ठ नगरपालिका ३ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार राधेका भाइ गोपीकृष्ण भण्डारी र कांग्रेसकै बागी उम्मेदवार राजकुमार श्रेष्ठको चुनावी आकलनलाई लिएर राधेले भाइले हारे स्वतन्त्रका पक्षमा रहेका सबैलाई गोली हान्ने धम्की दिएका हुन्। धादिङको गल्छी गाउँपालिका घर भई सदरमुकाम धादिङबेसी बस्दै आएका राधे गुन्डा नाइकेका रूपमा परिचित छन्।

मतदानको अघिल्लो दिनदेखि नै स्वतन्त्र उम्मेदवारलाई भोट नहाल्न दबाब दिँदै आएर मतकेपछि पनि राधेको समूहले स्वतन्त्रका पक्षमा घरदैलो गर्दै हिँडेका मतदातालाई समेत ज्यान मार्ने धम्की दिन थालेपछि स्थानीय शान्तिसुरक्षाको माग गर्दै आन्दोलित बनेका हुन्।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा राधेका भाइ गोपीकृष्ण भण्डारी कांग्रेसको तर्फबाट नीलकण्ठ ३ को वडाध्यक्षका प्रत्यासी थिए। टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेस धादिङ क्षेत्र नं. २ का क्षेत्रीय सदस्यसमेत रहेका श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए। मतदानमा गोपीकृष्णको भन्दा राजकुमारका पक्षमा धेरै भोट खसेको आकलन हुन थालेपछि राधेले घरघरै र बाटोघाटोमा धम्काउदै हिँडेको स्वतन्त्र उम्मेदवारका समर्थकहरूले बताएका छन्।

मतदान सकिए पनि मतगणनाको नतिजा आइसकेको छैन। शनिबार साँझ पनि आफ्नै घरमा बसिरहेको अवस्थामा स्वतन्त्र उम्मेदवार श्रेष्ठलगायत उनका बुथ प्रतिनिधि रमेश श्रेष्ठलाई गोली हानेर मार्ने धम्की दिएपछि धादिङबेसीस्थित बीच बजार केहीबेर तनावग्रस्त बनेको थियो। हुलदंगा मच्चाउँदै हिँडेका सातजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। राधेलाई पनि प्रहरीले आइतबार पक्राउ गरेको छ।

‘हामी आतंकित भयौं, शान्तिसुरक्षा दिनुपर्‍यो भनेर मौखिक सूचना दिएलगत्तै चुनावी आकलनलाई लिएर विवाद भइरहेको स्थानबाट ७ जनालाई पक्राउ गरेका छौं’ जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डिएसपी) जागेश्वर भण्डारीले भने, ‘अनुसन्धानकै क्रममा छौं, सबै भन्न मिल्दैन।’

मतपरिणाम आउनुअगावै पटकपटक धम्की आउन थालेपछि स्वतन्त्र उम्मेदवारका समर्थकहरू त्रसित बनेका छन्। घरघरै पुगेर ज्यान मार्नेसम्मको धम्की दिएको स्वतन्त्र उम्मेदवारका समर्थकहरूले बताएका छन्। बजारबासीले ‘गुन्डागर्दी बन्द गर शान्तिसुरक्षा कायम गर’ भन्ने नारा लेखिएको ब्यानरसहित सदरमुकाममा र्‍याली निकालेको छ।छिनछिनमै धम्क्याउने, तर्साउने राधे समूहका केही व्यक्तिको नामै तोकेर स्वतन्त्र उम्मेदवार र उनका समर्थकहरूले आइतबार प्रहरीमा निवेदन दिएका छन्। राधेसहित समूहका प्रकाश तामाङ, सुजन सुवेदी, विमल शाही ठकुरी, नारायण श्रेष्ठ, सरोज अधिकारी, सुजन तामाङ, ललित तामाङ लगायतले मतगणना पूर्व धादिङबेंसी स्वतन्त्र उम्मेदवार र देखिएर लागेका समर्थकहरूलाई इंकित गर्दै काट्छु, मार्छु भन्दै बजार क्षेत्र आतंकित बनाउँदै हिँडेको निवेदनमा उल्लेख छ। नीलकण्ठ उच्च माविको मतदान केन्द्रमा मतदान गर्न लाइनबद्ध रामकृष्ण अमात्य र रामप्रसाद खनाल लगायत अन्य मतदातालाई धम्क्याउने काम गरेको पनि निवेदनमा उल्लेख छ।नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!