२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

इप्रका तुल्सीपुर प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९


ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरले लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका साढे ८ बजेतिर तुलसीपुर १२ बबई क्याम्पस पछाडीको सडक बाटोबाट ६३० मिलीग्राम लागुऔषध (ब्राउन सुगर)सहित चार जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका ६ निवासी २३ वर्षिय रविन नेपाली, तुलसीपुर उपमहानगरपालिका ९ निवासी २७ वर्षिय मार्केट जेठा भन्ने कृष्ण जैसी, घोराही उपमहानगरपालिका १० घर भई हाल तुलसीपुर ५ निवासी २८ वर्षिय राजेश नेपाली र तुलसीपुर ५ निवासी ३४ वर्षिय अम्मर बाल्मिकीलाई पक्राउ गरेको हो ।

बबई क्याम्पस पछाडीको बाटोमा रा ५ प ८८६५ नम्बरको मोटरसाइकलमा तीन जना शंकास्पद तरिकाले हिडीरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा रविन नेपालीले लगाएको पाईन्टको खल्तीबाट कालो प्लाष्टिकले बेरी स-साना पुडिया बनाएको थान ११ पुडिया लागू औषध(ब्राउन सुगर) जस्तो देखिने पदार्थ तौल गर्दा प्लाष्टिक सहित ४४० मिली ग्राम र प्लाष्टिक हटाई तौल गर्दा ३०० मिली लागु औषध(ब्राउन सुगर) बरामद गरेको डिएसपी अर्यालले बताए ।

त्यस्तै पक्राउ गरिएका तीन जनालाई सोधपुछ गर्दा अम्मर बाल्मिकीसंग किनेको बताएपछि अम्मर बाल्मिकीको कोठाबाट सानो पुडिया बनाएको थान २ पुडिया लागु औषध (ब्राउन सुगर) जस्तो देखिने प्लाष्टिक सहित तौल गर्दा १९० मिली ग्राम र प्लाष्टिक हटाई तौल गर्दा १४० मिली ग्राम लागु औषध(ब्राउन सुगर) बरामद गरेको डिएसपी अर्यालले बताए ।

उनीहरु चारै जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान कार्य जारी रहेको डिएसपी अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

error: Content is protected !!