२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राप्ती गाउँपालिका अध्यक्षमा माओवादीका बिष्ट र उपाध्यक्षमा एमालेकी चाैधरी बिजय

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

(ABC=SANCHAR)
दाङ । राप्तीकाे ९ वटा वडामध्ये एमाले ४, माओवादी ३, काँग्रेस, एस र राजमाे १/१ वडामा निर्वाचित
सन्ताेषकुमार गुप्ता, भालुवाङ ३ जेठ ।।
देउखुरीकाे राप्ती गाउँपालिकामा मिश्रित मत परिणाम आएकाे छ । आज मंगलबार दिउँसाे करिब १२ बजे सम्म सम्पन्न मत गणनाकाे परिणाम अनुसार पालिका अध्यक्षमा माओवादीका प्रकाश बिष्ट र उपाध्यक्षमा एमालेकी कमलापति चाैधरी निर्वाचित हुनु भएकाे छ ।

अध्यक्ष बिष्ट र उपाध्यक्ष चाैधरीले फराकिलाे मतान्तरणले बिजय भएकाे निर्वाचन अधिकृत हेमराज अर्यालले जानकारी दिनु भएकाे छ
। अध्यक्ष बिष्टले ६ हजार ८ सय ९८ मत ल्याएर बिजय हुनु भएकाे छ । भने उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका जगतप्रसाद पाेख्रेलले ५ हजार ७ सय प्राप्त गर्नु भएकाे थियाे । बिष्टले १ हजार १ सय ९८ मतकाे मन्तारमा बिजय हनुभएकाे हाे ।

त्यस्तै अध्यक्ष पदका उम्मेदवार नेपाली काँग्रेसकी जगदम्बाकुमारी चाैधरीले ४ हजार १ सय ९९, जसपका टाेपबहादुर कार्कीले १ सय ६५, मंगाेल नेशल अग्रनाइजेशनका शाेभाराम बुढाले १ सय ९९, स्वतन्त्र तर्फबाट बुद्धिप्रकाश चाैधरी ३ हजार १ सय ८६ र आर्का स्वतन्त्र उम्मेदवार रमेश चाैधरीले ३० मत प्राप्त गर्नु भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
त्यस्तै उपाध्यक्ष कमलापति चाैधरीले ६ हजार ६ सय ७४ मत प्राप्त गरी बिजय हुनु भएकाे छ भने उहाँका निकतम प्रतिद्वन्द्वी काँग्रेसका हरिप्रसाद भुसालले ५ हजार ४ सय ९६ मत प्राप्त गरी पराजित हुनु भएकाे छ । चाैधरीले १ हजार १ सय ७८ मतले पछि पार्दै बिजय हुनु भएकाे हाे । त्यस्तै उपाध्यक्ष तर्फबाट गठबन्धनबाट राजमाेका केशबराज खनाल ४ हजार ४ सय ९६, नेकपा एकिकृत समाजवादीका मुकुन्दराज राेकाले ५ सय २१ र मंगाेल नेशनल अर्गनाइरेजुनका हिरा थापामगरले २ सय ४० मत प्राप्त गर्नु भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
यता ९ वटा वडा रहेकाे राप्ती गाउँपालिकामा माओवादीले पालिका अध्यक्ष सहित २ वटा वडा, एमालेले उपाध्यक्ष सहित ४ वटा वडा, नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमाेर्चाले भने १/१ वटा वडामा निर्वाचित भएका छन् । जस अन्तर्गत माओवादीले वडा नम्बर २ र ९, एमालेले १, ५, ६, ७ र ८ तथा नेपाली काँग्रेसले वडा नम्बर ३, नेकपा एकिकृत समाजवादीले वडा नम्बर ६ र राष्ट्रिय जनमाेर्चाले वडा नम्बर ४ मा निर्वाचित भएका छन् ।

यस अघि २०७४ सालकाे निर्वाचनमा नेपाली काँग्रेस ५, माओवादी ३ र एमालेले १ वटा जितेका थियाे । त्यतिबेला काँग्रेसले पालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा नम्बर १, ४, ५,६ र ७ तथा माओवादीले वडा नम्बर २,३ र ९ तथा एमालेले वडा नम्बर ८ मा निर्वाचित भएका थियाे ।
२०७४ सालमा काँग्रेसले पालिका अध्यक्ष, उपाध्यक्ष र ५ वटा वडा सहित बहुमतकाे सरकार बनाएकाे थियाे तर २०७९ सालकाे निर्वाचनमा काँग्रेसले आफ्नाे बिरासर समेत जाेगाउन सकेन । काँग्रेसले जितेका वडामा यसपालि प्राय एमालेले जित निकालेकाे छ ।

कुन वडामा कसले जित्याे ? विवरण सहित :

नेकपा माओवादी केन्द्र :
– पालिका अध्यक्ष : प्रकाश बिष्ट सहित
-२ नम्बर वडा अध्यक्ष-पहलमान चाैधरी
-९ नम्बर वडा अध्यक्ष-रिमबहादुर सुनारी

नेकपा एमाले :
– पालिका उपाध्यक्ष : कमलापति चाैधरी सहित
-१ नम्बर वडा अध्यक्ष – गेमबहादुर खड्का
-५ नम्बर वडा अध्यक्ष- देवप्रसाद चाैधरी
-७ नम्बर वडा अध्यक्ष- सिताराम चाैधरी
-८ नम्बर वडा अध्यक्ष- चन्द्रबहादुर गुरूङ्ग

नेपाली काँग्रेस :
-३ नम्बर वडा अध्यक्ष-उमेश अधिकारी

राष्ट्रिय जनमाेर्चा :
-४ नम्बर वडा अध्यक्ष-बिरबहादुर चाैधरी

नेकपा एकिकृत समाजवादी :
-६ नम्बर वडा अध्यक्ष-दिपककुमार चाैधरी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]