२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

राप्ती गाउँपालिका अध्यक्षमा माओवादीका बिष्ट र उपाध्यक्षमा एमालेकी चाैधरी बिजय

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

(ABC=SANCHAR)
दाङ । राप्तीकाे ९ वटा वडामध्ये एमाले ४, माओवादी ३, काँग्रेस, एस र राजमाे १/१ वडामा निर्वाचित
सन्ताेषकुमार गुप्ता, भालुवाङ ३ जेठ ।।
देउखुरीकाे राप्ती गाउँपालिकामा मिश्रित मत परिणाम आएकाे छ । आज मंगलबार दिउँसाे करिब १२ बजे सम्म सम्पन्न मत गणनाकाे परिणाम अनुसार पालिका अध्यक्षमा माओवादीका प्रकाश बिष्ट र उपाध्यक्षमा एमालेकी कमलापति चाैधरी निर्वाचित हुनु भएकाे छ ।

अध्यक्ष बिष्ट र उपाध्यक्ष चाैधरीले फराकिलाे मतान्तरणले बिजय भएकाे निर्वाचन अधिकृत हेमराज अर्यालले जानकारी दिनु भएकाे छ
। अध्यक्ष बिष्टले ६ हजार ८ सय ९८ मत ल्याएर बिजय हुनु भएकाे छ । भने उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका जगतप्रसाद पाेख्रेलले ५ हजार ७ सय प्राप्त गर्नु भएकाे थियाे । बिष्टले १ हजार १ सय ९८ मतकाे मन्तारमा बिजय हनुभएकाे हाे ।

त्यस्तै अध्यक्ष पदका उम्मेदवार नेपाली काँग्रेसकी जगदम्बाकुमारी चाैधरीले ४ हजार १ सय ९९, जसपका टाेपबहादुर कार्कीले १ सय ६५, मंगाेल नेशल अग्रनाइजेशनका शाेभाराम बुढाले १ सय ९९, स्वतन्त्र तर्फबाट बुद्धिप्रकाश चाैधरी ३ हजार १ सय ८६ र आर्का स्वतन्त्र उम्मेदवार रमेश चाैधरीले ३० मत प्राप्त गर्नु भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
त्यस्तै उपाध्यक्ष कमलापति चाैधरीले ६ हजार ६ सय ७४ मत प्राप्त गरी बिजय हुनु भएकाे छ भने उहाँका निकतम प्रतिद्वन्द्वी काँग्रेसका हरिप्रसाद भुसालले ५ हजार ४ सय ९६ मत प्राप्त गरी पराजित हुनु भएकाे छ । चाैधरीले १ हजार १ सय ७८ मतले पछि पार्दै बिजय हुनु भएकाे हाे । त्यस्तै उपाध्यक्ष तर्फबाट गठबन्धनबाट राजमाेका केशबराज खनाल ४ हजार ४ सय ९६, नेकपा एकिकृत समाजवादीका मुकुन्दराज राेकाले ५ सय २१ र मंगाेल नेशनल अर्गनाइरेजुनका हिरा थापामगरले २ सय ४० मत प्राप्त गर्नु भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
यता ९ वटा वडा रहेकाे राप्ती गाउँपालिकामा माओवादीले पालिका अध्यक्ष सहित २ वटा वडा, एमालेले उपाध्यक्ष सहित ४ वटा वडा, नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमाेर्चाले भने १/१ वटा वडामा निर्वाचित भएका छन् । जस अन्तर्गत माओवादीले वडा नम्बर २ र ९, एमालेले १, ५, ६, ७ र ८ तथा नेपाली काँग्रेसले वडा नम्बर ३, नेकपा एकिकृत समाजवादीले वडा नम्बर ६ र राष्ट्रिय जनमाेर्चाले वडा नम्बर ४ मा निर्वाचित भएका छन् ।

यस अघि २०७४ सालकाे निर्वाचनमा नेपाली काँग्रेस ५, माओवादी ३ र एमालेले १ वटा जितेका थियाे । त्यतिबेला काँग्रेसले पालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा नम्बर १, ४, ५,६ र ७ तथा माओवादीले वडा नम्बर २,३ र ९ तथा एमालेले वडा नम्बर ८ मा निर्वाचित भएका थियाे ।
२०७४ सालमा काँग्रेसले पालिका अध्यक्ष, उपाध्यक्ष र ५ वटा वडा सहित बहुमतकाे सरकार बनाएकाे थियाे तर २०७९ सालकाे निर्वाचनमा काँग्रेसले आफ्नाे बिरासर समेत जाेगाउन सकेन । काँग्रेसले जितेका वडामा यसपालि प्राय एमालेले जित निकालेकाे छ ।

कुन वडामा कसले जित्याे ? विवरण सहित :

नेकपा माओवादी केन्द्र :
– पालिका अध्यक्ष : प्रकाश बिष्ट सहित
-२ नम्बर वडा अध्यक्ष-पहलमान चाैधरी
-९ नम्बर वडा अध्यक्ष-रिमबहादुर सुनारी

नेकपा एमाले :
– पालिका उपाध्यक्ष : कमलापति चाैधरी सहित
-१ नम्बर वडा अध्यक्ष – गेमबहादुर खड्का
-५ नम्बर वडा अध्यक्ष- देवप्रसाद चाैधरी
-७ नम्बर वडा अध्यक्ष- सिताराम चाैधरी
-८ नम्बर वडा अध्यक्ष- चन्द्रबहादुर गुरूङ्ग

नेपाली काँग्रेस :
-३ नम्बर वडा अध्यक्ष-उमेश अधिकारी

राष्ट्रिय जनमाेर्चा :
-४ नम्बर वडा अध्यक्ष-बिरबहादुर चाैधरी

नेकपा एकिकृत समाजवादी :
-६ नम्बर वडा अध्यक्ष-दिपककुमार चाैधरी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!