२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

बाँकेको नेपालगञ्ज मेयरमा काँग्रेसका प्रशान्त बिष्टको जित सुनिश्चित

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९

(ABC=SANCHAR)
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दिन राई जितेका छन् ।

२३ वडा मध्ये २१ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विष्ट र राईको अग्रता निकै फराकिलो छ ।

वडा नम्बर १३ र १४ को मतगणना पनि अन्तिम चरणमा पुगिसकेको छ । हालसम्म गणना भएका २१ वडाको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका विष्टले २१६७८ मत प्राप्त गरेका छन् ।

बिष्ट नेकपा एमालेका पशुपतिदयाल मिश्र भन्दा १०६८६ मतले अगाडि छन् । जबकी यहाँ वडा नम्बर १३ र १४ को खसेको मत ३६०० हाराहारी मात्रै हो । मेयरमा राप्रपाका नन्दलाल बैश्यले ७१४५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका राईको जित सुनिश्चित भइसकेकोे छ । उनले १६११८ मत प्राप्त गरि सकेका छन् ।
यहाँ उपमेयरमा एमालेकी शान्तिदेवी ढकालले १०४१४ मत प्राप्त गरेकी छन् । उनीहरुको बीचमा ५७०४को मतान्तर छ ।
त्यस्तै उपमेयरमा राप्रपाकी विन्दु चर्ती मगरले ९६४८ मतका साथ तेस्रो स्थानमा छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]