२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

बाँकेको नेपालगञ्ज मेयरमा काँग्रेसका प्रशान्त बिष्टको जित सुनिश्चित

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९

(ABC=SANCHAR)
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दिन राई जितेका छन् ।

२३ वडा मध्ये २१ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विष्ट र राईको अग्रता निकै फराकिलो छ ।

वडा नम्बर १३ र १४ को मतगणना पनि अन्तिम चरणमा पुगिसकेको छ । हालसम्म गणना भएका २१ वडाको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका विष्टले २१६७८ मत प्राप्त गरेका छन् ।

बिष्ट नेकपा एमालेका पशुपतिदयाल मिश्र भन्दा १०६८६ मतले अगाडि छन् । जबकी यहाँ वडा नम्बर १३ र १४ को खसेको मत ३६०० हाराहारी मात्रै हो । मेयरमा राप्रपाका नन्दलाल बैश्यले ७१४५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका राईको जित सुनिश्चित भइसकेकोे छ । उनले १६११८ मत प्राप्त गरि सकेका छन् ।
यहाँ उपमेयरमा एमालेकी शान्तिदेवी ढकालले १०४१४ मत प्राप्त गरेकी छन् । उनीहरुको बीचमा ५७०४को मतान्तर छ ।
त्यस्तै उपमेयरमा राप्रपाकी विन्दु चर्ती मगरले ९६४८ मतका साथ तेस्रो स्थानमा छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!