२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

सशस्त्र प्रहरीको इन्सपेक्टरबाट डिएसपी बढुवामा ठुलो चलखेल किन ?

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीको इन्सपेक्टरबाट डीएसपी बढुवामा ठूलो चलखेल भएको तथ्य फेला परेको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा इन्सपेक्टर दर्जामा कार्यरतहरुको डीएसपी बढुवमा चलखेल भएको हो ।

योग्यता नपुगेका र बढुवाको सूचीमै नभएकादेखि सूचीको ९ नम्बरमा भएका व्यक्तिलाई ३ नम्बर र १ नम्बरमा भएकालाई ५ नम्बरमा राखेर बढुवा गरिएको भेटिएको हो ।

सशस्त्र प्रहरीले २०७९ वैशाख ७ गते अस्पतालमा कार्यरत ६ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा गरेको थियो ।

प्रकृयाअनुसार २०७१ सालमा इन्सपेक्टर दर्जामा भर्ना भएका ९ जना एमबीबीएस डाक्टरबाट ६ जनालाई बढुवा गर्नुपर्ने हो । तर, अस्पतालमा कार्यरत एमबीबीएस डाक्टरलाई छोडेर सूचीमै नपर्ने नर्सहरुलाई समेत बढुवा गरेकाे आरोप लागेको छ ।

२०७१ सालमा ९ जना एमबीबीएस डाक्टर एकैपटक इन्सपेक्टरमा भर्ना भएका थिए । डा. अपूर्व श्रेष्ठ, डा. नेत्रबहादुर कार्की, डा. सुमन लामिछाने, डा. सन्दीप द्वारे क्षेत्री, डा. सन्तोष बजगाई, डा. ओमप्रकाश पटेल, डा. समीर केसी, डा. दयानन्द साह र डा. शोभा डंगोल एकैपटक इन्सपेक्टरमा भर्ना भएका थिए ।

क्रमस १ नम्बर देखि ६ नम्बरका डा. अपूर्व श्रेष्ठ, डा. नेत्रबहादुर कार्की, डा. सुमन लामिछाने, डा. सन्दीप द्वारे क्षेत्री, डा. सन्तोष बजगाई र डा. ओमप्रकाश पटेल बढुवा हुनुपर्ने थियो । तर, सशस्त्रले वैशाख ६ गते भने क्रमस १ देखि ६ नम्बरमा राखेर नर्स सुनिता श्रेष्ठ, नर्स अञ्जली महर्जन, डा. शोभा श्रेष्ठ, डा. सन्तोष बजगाई, डा. अपूर्व श्रेष्ठ र डा. नेत्रबहादुर कार्कीलाई बढुवा गरेको छ ।

बढुवाका क्रममा डा. अपूर्व श्रेष्ठको नाम १ नम्बरमा हुनुपर्नेमा सूचीमै नरहेका नर्स सुनिता श्रेष्ठलाई १ नम्बरमा राखेर बढुवा गरिएको छ । २ नम्बरमा राखेर बढुवा गरिएका नर्स अञ्जली महर्जनको नाम पनि बढुवाको सूचीमा थिएन ।त्यस्तै, भर्नाका क्रममा ९ नम्बरमा रहेका डा. शोभा डंगोललाई ३ नम्बरमा राखेर बढुवा गरिएको छ । बढुवा गर्दा ५ नम्बरमा हुनुपर्ने डा. सन्तोष बजगाईलाई ४ नम्बरमा राखेर बढुवा गरिएको छ भने २ नम्बरमा बढुवा हुनुपर्ने नेत्रबहादुर कार्कीलाई ६ नम्बरमा राखेर बढुवा गरिएको छ ।

भर्ना नम्बरका आधारमा ३ नम्बरमा डा. सुमान लामिछाने, ४ नम्बरमा डा. सन्दीप द्वारे क्षेत्री र ६ नम्बरमा डा. ओमप्रकाश पटेल बढुवा हुनुपर्ने हो । तर, सूचीभन्दा बाहिरकालाई ल्याएर बढुवा गरिँदा लामिछाने, क्षेत्री र पटेल भने बढुवामै परेनन् ।

सशस्त्रको बढुवाका लागि वहालवाला सशस्त्र प्रहरी प्रमुख, एक डीआइजी र गृह मन्त्रालयका सहसचिव सदस्य रहेको बढुवा समिति बन्ने गर्दछ । वैशाख ७ को बढुवाका क्रममा तत्कालीन सशस्त्र प्रहरी प्रमुख पुष्पराम केसी, डीआइजी नारायणदक्त पौडेल र गृहमन्त्रालयका एक सहसचिव सदस्य थिए ।

सशस्त्र प्रहरीको बढुवामा कार्यसम्पादन मुल्याङ्नलाई मुख्य आधार मानिन्छ । कार्यसम्पादन मुल्याङ्कनका क्रममा अस्पतालका डीएसपीबाट १०, अस्पतालका एसपीबाट १०, अपस्पताल प्रमुखबाट १०, प्रधान कार्यालबाट १० र चुनौतीपूर्ण काम गरेवापत ५ नम्बर दिने गरिन्छ । त्यसपछि बढुवा समितिले ५ नम्बर दिने गर्दछ ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!