(रवि बर्णबाल)
मधेस प्रदेश । रौतहट यमुनामाई गा.पा. वडा नं. २ स्थित श्री मा.वि. भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको अवस्थामा मानिसहरुको हुल लिई आई मतदान केन्द्र भित्र जवरजस्ती प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटी लगेकोमा सुरक्षाकर्मीको टोलीले उक्त मतपेटीका नियन्त्रणमा लिने क्रममा केही राउण्ड गोली फायर गर्दा मतपेटीका छाडी भागी फरार भएका मुख्य अभियुक्त जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. २ बस्ने बर्ष ४६ को चन्देश्वर बैठालाई खोज तलासको क्रममा मिति २०७९।०२।०५ गते अं. २०:३० बजे निजको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको । निज चन्देश्वर बैठालाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको ।