०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बाँके प्रहरी प्रमुख एसपी र डिएसपीले गरे म्यादी प्रहरीहरुको बिदाई

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९


(महेन्द्र सिंह)
बाँके ।सरकारले देशभरी भएको स्थानिय तह निर्वाचन २०७९ को सुरक्षार्थमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट नियुक्ती गरिएका म्यादी प्रहरीहरुलाई आज जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्यूले एक कार्यक्रमका बिच बिदाई गर्नुभएको छ ।

प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक ज्यूले स्थानिय तह निर्वाचन २०७९ लाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले निर्वाह गरेको महत्वपुर्ण भुमिकाको कदर गर्दै बिदाई भई जान लागेका म्यादी प्रहरी हरुलाई धन्यबाद दिनुका साथै म्यादी प्रहरीको रुपमा सेवा गरेको प्रमाण पत्र समेत प्रदान गर्दै आगामी जिवनको सफलताको शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।
अन्त्यमा लिजमा प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधूसुधन न्यौपानेले माननिय गृह मन्त्रीज्यु तथा नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय प्रहरी महानिरीक्षकज्युबाट प्राप्त धन्यवाद सन्देश समेत वाचन गरी सम्पुर्ण म्यादी प्रहरीहरुलाई बिदाई गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]