२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

बाँके प्रहरी प्रमुख एसपी र डिएसपीले गरे म्यादी प्रहरीहरुको बिदाई

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९


(महेन्द्र सिंह)
बाँके ।सरकारले देशभरी भएको स्थानिय तह निर्वाचन २०७९ को सुरक्षार्थमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट नियुक्ती गरिएका म्यादी प्रहरीहरुलाई आज जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्यूले एक कार्यक्रमका बिच बिदाई गर्नुभएको छ ।

प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक ज्यूले स्थानिय तह निर्वाचन २०७९ लाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले निर्वाह गरेको महत्वपुर्ण भुमिकाको कदर गर्दै बिदाई भई जान लागेका म्यादी प्रहरी हरुलाई धन्यबाद दिनुका साथै म्यादी प्रहरीको रुपमा सेवा गरेको प्रमाण पत्र समेत प्रदान गर्दै आगामी जिवनको सफलताको शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।
अन्त्यमा लिजमा प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधूसुधन न्यौपानेले माननिय गृह मन्त्रीज्यु तथा नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय प्रहरी महानिरीक्षकज्युबाट प्राप्त धन्यवाद सन्देश समेत वाचन गरी सम्पुर्ण म्यादी प्रहरीहरुलाई बिदाई गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!