२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सशस्त्र प्रहरीका एआईजी नारायण दत्त पौडेलले लगाए दर्ज्यानी चिन्ह (फूली)

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को शुक्रबारको निर्णयले उनि सशस्त्र प्रहरी नायब महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका थिए ।

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएका नारायणदत्त पौडेललाई हार्दिक बधाई दिंदै उनले संगठनमा रहेर आफ्नो जिम्मेवारीका क्षेत्रहरुमा प्रदर्शन गरेका कार्यक्षमता, सांगठनिक बिकासमा पुर्‍याउनु भएको योगदान तथा सेवाप्रतिको निष्ठा आदिको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको उल्लेख गर्दै उनलाई आगामी दिनमा कार्य सफलताको शुभकामना समेत व्यक्त गरे ।

उनले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि जोड दिंदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुको बृहत्तर हितका लागि निर्णय गरि केही सुधारका कार्यहरुको सुरुवात गरि सकिएको उल्लेख गर्दै अधिकृत तहका कर्मचारीहरुले जिम्मेवारी निर्वाहको क्रममा मातहतकालाई कुशल नेतृत्व र उच्च हौसला प्रदान गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा लाग्न त्यसैअवसरमा सकल दर्जालाई निर्देशन दिए ।

महानिरीक्षक अर्यालले आफ्नो लागि सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु सबै समान रहेको उल्लेख गर्दै फौजी संस्कार निर्माण गरी आवश्यकता अनुरुपको नीति नियम तर्जुमा गर्दै सामुहिक नेतृत्व र सामुहिक निर्णयकासाथ संगठनलाई अगाडी बढाईने समेत स्पष्ट पारे ।

उनले यदि कोही फौजी संस्कारको बर्खिलाप र गैह्र व्यावसायिक क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्तालाई कारवाहीको दायरामा ल्याईने बताउदै सकल दर्जाको सरुवा तथा बढुवालाई बैज्ञानिक, पारदर्शी र अनुमान योग्य बनाईने उल्लेख गरे ।

सो समारोहमा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!