(ABC=SANCHAR)
बाँके । राष्ट्रिय निकुञ्जभित्रबाट एक थान भरुवा बन्दुक भेटियोको छ । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो ।
निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको श्री अर्जुनवाण गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको गस्ती टोलीले एक थान बन्दुक फेला पारेको बताइएको छ । राप्तीसोनारी गाउँपालिका–१ रानीमुने खोलामा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।
स्थानीय निर्वाचनको मौका छोपेर निकुञ्जभित्र पसेका सिकारीको समूहले सुरक्षाकर्मी आएको थाहा पाएपछि भागेको हुनसक्ने बताइएको छ ।
फेला परेको एक थान भरुवा बन्दुकलाई बाँके राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री अर्जुनवाण गणले जनाएको छ । यसबारे नेपाली सेना र निकुञ्ज प्रशासनले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाएका छन् ।