२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सवारीसाधनको नयाँ लाइसेन्सको आवेदन सोमबारबाट खोल्ने

Logo
प्रकाशित सोमबार, जेठ ०९, २०७९


(ABC=SANCHAR)
काठमाडौं । प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता, स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको यातायात विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै लाइसेन्सको परीक्षा दिन पाउने गरी तयारी गरेको बताएको यो पहिलो पटक होइन । विभागले ४ जेठबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने गरी तयारी गरेको दाबी गरेको थियो तर प्राविधिक समस्याले गर्दा डिला हुन गएको विभागले जनाएको छ । “नयाँ आवेदनको लागि सोमबारबाट नै खुला गर्ने गरी विभागले तयारी गरिरहेको छ,’ विभागका महानिर्देशक घिमिरेले भने । कारोबार दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!