२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

जनताको इच्छा पूरा भएन बिकासका लागि निरन्तर काम गर्छु बिजय सरावगी

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

(ABC=SANCHAR)
पर्सा । मतदानमार्फत नेतृत्व परिवर्तन गर्ने वीरगञ्जबासीले चाहनालाई निवर्तमान मेयर विजयकुमार सरावगीले सम्मान व्यक्त गरेका छन् ।

मंगलवार बिहान सार्वजनिक वीरगञ्ज महानगरपालिकाको मतपरिणामपछि पराजित भएका सरावगीले सामाजिक सञ्जाल (फेसबुक) मा मतदातालाई आभार गर्दै नेतृत्व परिवर्तन गर्ने चाहनाको सम्मान गरेको उल्लेख गरेका छन् ।

यसअघि प्रमुख भएर गरेको काम र महानगरबासीबाट प्राप्त सहयोगलाई नै निरन्तरता दिई करिब ५ वर्षको अनुभवलाई महानगरको सापेक्षा बिकासमा सदुपयोग गर्ने ध्येयका साथ पुनः जनताको बिचमा आउने इच्छा पूरा नभएको सरावगीको भनाई छ । यद्यपी मतमार्फत निर्वाचित नभएपनि वीरगञ्जको बिकासका लागि निरन्तर सहयोग भने गरीरहने सरावगीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।