२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

दाङको दङ्गीशरण १ वडा अध्यक्ष रमेश भण्डारीले कार्यलय पुगेर जिम्मेवारी समाले

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

(बिबस रसाइली)
दाङ । दङ्गिशरण गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडा अध्यक्ष रमेश भण्डारीले पद जिम्मेवारी समालेका छन् । शुक्रबार दङ्गीशरण गाउँपालिकाको सभा हलमा सपथ खाएका सबै नव निर्वाचित वडा अध्यक्षहरु आज सोमबार वडा कार्यालय पुगेर आगामी पाँच वर्ष सम्म आफ्नो जिम्मेवारी समालेका छ्न।

अध्यक्ष भण्डारीले पहिलो काम वडाबाट सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई वडाबाट बैंक सम्म जान र आउनको लागि यातायातको व्यवस्था गर्ने निर्णय गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट बिजयी भएका भण्डारीले पहिलो निर्णय गरेका हुन ।
सोही ठाउँकै जनताको समस्यालाई मध्यनजर गरि प्रत्येक टोलमा सुचना बोर्ड तथा गुनासो पेटिका राख्ने निर्णय समेत गर्नु भएको छ । यो निर्णय गरे लगत्तै भण्डारीले घोषणापत्रमा उल्लेख गरेको एउटा कामको सुरुवात गरेका छन् । सोमबार एक कार्यक्रमका बीच भण्डारीले दङ्गिशरण गाउँपालिका वडा नं १ मा अध्यक्ष पद जिम्मेवारी ग्रहण गर्दै उक्त निर्णय गरी सार्वजनिक गरेका थिए ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित उम्मेदवार अध्यक्ष श्रीप्रसाद चौधरीको टिम लाई निर्वाचित भण्डारीले कार्यभार समालेसंगै बिदाई गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!