२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

नेपाल प्रहरीको एआईजी पछी डिआईजीको प्रतिस्पर्धा सुरु

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा सहज रुपमा एआइजी बढुवा सिफारिस भएको छ । पाँच रिक्त पदमा पाँचै जना डिआइजी मात्र प्रतिस्पर्धी भएपछि बढुवामा ठूलो समस्या भएन । को पहिलो नम्बरमा हुने भन्ने प्रतिस्पर्धा थियो । जसमा यसअघि अन्यायमा परेका उत्तमराज सुवेदीलाई राखेर सरकारले थोरै भएपनि सुवेदीलाई न्याय दिएको छ ।

तर, अब डिआइजी बढुवा भने सहज रुपमा हुने देखिदैन । अब हुने डिआइजी बढुवाले ९ महिनापछिको आइजिपीको भाग्यसमेत तय गर्ने भएकाले बढुवामा तिव्र प्रतिस्पर्धा देखिएको छ । केही एसएसपीहरू त अस्वस्थ्य चलखेलमै लागेका छन् । पैसा र पावरको भरमा शक्तिकेन्द्रलाई हातमा लिएर बढुवा हुन केही एसएसपी सक्रिय भएपछि इमान्दार एसएसपीहरू तनावमा परेका छन् ।

नेपाल प्रहरीमा डिआइजीका १७ दरबन्दी रिक्त भएका छन् । जसमा मुख्यगरी १७ एसएसपीबीच प्रतिस्पर्धा छ । एकातर्फ बढुवामा तीन जनाभित्र पर्न प्रतिस्पर्धा छ भने, अर्काेतर्फ १७ भित्र पर्न पनि त्यतिकै महासंग्राम छ ।

एसएसपी बढुवा हुँदा पहिलो लटमा परेका १३ जनाको टोली डिआइजी बढुवामा प्रमुख दाबेदार छन् । जसमा सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेक बहादुर तामाङ, बसन्त बहादुर कुँवर र भिम प्रसाद ढकाल छन् । यही टोलीभित्र टप ३ मा पर्न चर्काे प्रतिस्पर्धा छ । त्यसपछि १४ जनाको टोली पनि अहिले डिआइजी हुने लाइनमा छ । जसमा जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङमध्ये केहीको अहिलेको सत्ता गठन्धनसँग निकटता भएकाले उनीहरु लबिइङमा लागेका छन् ।

गत वर्ष एसएसपी भएका कृष्ण कुमार महत, गोविन्द कुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोख्रेल, विकासराज खनालमध्ये पनि केही पर्न सक्ने बताइन्छ ।

उता एआइजी बढुवामा समस्या नभएपनि पदस्थापन र सरुवामा प्रतिस्पर्धा छ ।

एआइजीको पहिलो रोजाई उपत्यका प्रहरी कार्यालयको प्रमुखमा हो । जसमा हाल त्यही कार्यरत उत्तमराज सुवेदीसहित सहकुल थापादेखि रबिन्द्र धानुक दाबेदार छन् । त्यसपछिको रोजाईमा मानव स्रोत विकास विभाग, प्रशासन विभाग र प्रहरी एकेडेमी हुने गरेको छ । कार्य र अपराध अनुसन्धान विभागमा बस्न एआइजीहरु रुचाउने गरेका छैनन् ।

अर्काे एक दरबन्दी प्रदेश समन्वय कार्यालयमा छ । आइजिपी बढुवाविरुद्ध मुद्दा लडेका विश्वराज पोखरेललाई सो कार्यालयमा सरुवा गर्ने तयारी भइरहेको छ ।
त्यस्तै, एआइजी बढुवासँगै तीन प्रदेशमा प्रहरी नेतृत्व रिक्त भएको छ । प्रदेश नम्बर १ मा कार्यरत अरुण कुमार बिसी, बागमती प्रदेशमा कार्यरत पूजा सिंह र गण्डकी प्रदेशमा कार्यरत दिवेश लोहनी एआइजी बढुवामा सिफारिस भएका हुन् । अब नयाँ डिआइजी बढुवा भएपछि मात्र प्रदेश पठाउने सम्भावना छ । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]