२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

सरकारले ५ जना सचिवको सरुवा

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

(ABC=SANCHAR)
काठमाडौं । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले पाँच सचिवको सरुवा गरेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । नेपाल ट्रष्टमा कार्यरत गोपाल सिग्देललाई नेपाल ट्रष्टबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, खानेपानी मन्त्रालयमा कार्यरत सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
सचिव मणिराज गेलाललाई प्रधानमन्त्री कार्यालयबाट खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । सुशील तिवारीलाई सतर्कता केन्द्रबाट उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!