२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

आईजिपी धिरज सिंहको कमान्डमा नेपाल प्रहरीको अहिलेसम्मकै सशक्त नेतृत्व पंक्ति यस्तो बन्दै

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा अहिलेसम्मकै सशक्त नेतृत्व पंक्ति तयार भएको छ। प्रहरी महानिरिक्षक (आईजी) धीरजप्रताप सिंहको कमान्डमा तयार भइरहेको नेतृत्व पंक्तिमा एक से एक उच्च अधिकारी तय भइरहेका छन्।

सिंहसहित उनका ब्याची सहकुलबहादुर थापा अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) छन्। भर्खरै मात्र गृह मन्त्रालयको बढुवा समितिले अन्य ५ जनालाई एआईजी बढुवाका लागि सिफारिस गरिसकेको छ।

एआईजी विश्वराज पोखरेल भने विदामा रहेका छन्। उनले आईजी नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यहि साता उक्त विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।

सिंहका ब्याचीहरू उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरिसकिएको र मन्त्रिपरिषदले निर्णय गरेमा नेतृत्व पंक्ति बलियो हुने प्रहरीका पूर्वअधिकारीहरू बताउँछन्।

बढुवा सिफारिस सूचीअनुसार सुवेदी, अरुणकुमार विसी, तेस्रोमा दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्। ‘अहिलेको बढुवा सिफारिस सबैको कार्य क्षमताका आधारमा र मिलाएर गरिएको छ। यो टिमले प्रहरीलाई एउटा उचाई दिन सक्छ’, एक जना पूर्वआईजी भन्छन्,‘प्रहरी नेतृत्व चयनका क्रममा मुद्दा मामिला देखिने गरेका छन्। त्यो फरक पाटो भए पनि अहिले धीरजप्रताप सिंहको नेतृत्व पंक्ति बलियो देखिन्छ।’प्रहरी निरिक्षकमा भर्ना भएका बेला जुन नम्बरका आधार थियो, कार्य दक्षतालगायतका विषयमा पनि सोही शैली र लयमा बढुवा सिफारिस भएको टिप्पणी गरिएको छ।

‘आईजी आफैं एउटा राम्रो अपराध अनुसन्धान र निरुपणमा दख्खल राख्ने छन् भने उनलाई साथ दिने सहकर्मीहरू पनि एक से एक छन्’, पूर्वआईजी भन्छन्,‘अहिले एआईजीमा सिफारिस भएकालाई पनि आईजीका रुपमा त्यसबेला नै चर्चा गर्ने गरिन्थ्यो।’

सिंहले सामूहिक कमान्डका आधारमा बलियोसँग चलाएको खण्डमा अहिलेको नेतृत्वपंक्तिले सशक्त काम गर्दै राम्रो परिणाम दिन सक्ने प्रक्षेपण गरिएको छ। दैनिक-नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!