२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

बुद्ध एयरले जलेकी महिलालाई ५ घण्टा कुरायो तर जहाजमा लैजान मानेन जलेको महिला अलपत्र

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

(ABC=SANCHAR)
काठमाडौं । कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्‍याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो।

बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको हो। हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने हो। त्यो मान्यताविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घाइतेलाई पाँच घण्टा कुराएर अमानवीय ढङ्गबाट छाडेर हिँडे पछि आलोचना भएको छ।

अघिल्लो दिन नै टिकट बुक गरेकी उनी बुधबार साँझ पाँच बजे एयरपोर्ट पुगेकी थिइन्। जहाजको उडान तालिका साँझ ७ बजेर २५ मिनेटमा थियो। एयरपोर्टका बुद्ध एयरका कर्मचारीले उनलाई उडान केही घण्टा ढिलो हुने भन्दै पर्खाएर राखे। त्यति बेलासम्म बुद्ध एयरका कर्मचारीले घाइतेका श्रीमान् केन्द्रसँग मन्जुरीनामा कागज बनाएर हस्ताक्षर गराइसकेका थिए। घाइते वा गम्भीर प्रकृतिका बिरामीलाई विमानमा लैजानुअघि परिवार वा नजिकका आफन्तसँग मन्जुरीनामा लिने गरिन्छ। साथै, घाइते र उनको सहयोगीको रूपमा गएका श्रीमानको गरी २ ओटा टिकेटको बोर्डिङ पास दिइसकेको थियो। बुद्धका कर्मचारीले घाइतेको अवस्था समेत हेरेका थिए। ह्वील चियरमा बसिरहेकी घाइतेले आफू विमानमा बस्न सक्ने बताएकी थिइन्।

त्यति बेला विमानस्थलमा बुद्धको जहाज थिएन। काठमाडौं जान पर्खिरहेका यात्रुलाई लिन राति ९ बजेपछि मात्रै काठमाडौंबाट विमान धनगढी पुग्यो। केही बेरपछि यात्रुलाई विमानमा चढाउन विमानस्थलको १ नम्बर गेटबाट रनवेतिर बोलाइयो। घाइते लोकशरीलाई पनि ह्विलचियरमा सहयोगीले लैजादैथिए। तर, बुद्ध एयरका कर्मचारीले रोके। ‘घाइतेलाई विमानमा नचढाउन पाइलटले भनेका’ भन्दै विमानका कर्मचारीले लैजान दिएनन्।चिकित्सकले घाइतेलाई जहाज चढ्न मिल्छ भनेर सिफारिस गरेका थिए। घाइतेसँगै बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाह पनि एयरपोर्ट पुगेका थिए। उनैले घाइतेको टिकट बन्दोबस्त गरिदिएका थिए। चार घण्टा कुराएर मन्जुरीनामा र बोर्डङ पास बनाइसकेको घाइतेलाई लैजान नसक्ने बताएपछि विमानस्थलसम्म छाड्न गएकाहरूले जसरी पनि लैजान भन्दै अनुनय विनय गर्न थाले।

‘पाइलटको आदेश’ भन्दै आफूहरूको हारगुहार बुद्धका कर्मचारीले नसुनेको बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले नेपालभ्यूजसँग टेलिफोनमा भने, ‘‘म आफैँ स्वास्थ्यकर्मी हुँ। उहाँको उपचारमा सहयोग गरिरहेको थिए। उहाँलाई विमान सजिलै बस्न सक्नुहुन्थ्यो। उनी ह्विलचियरमा बसिरहनुभएको थियो। सबै प्रक्रिया पूरा भएपछि अन्त्यमा बिरामीमालाई लैजान मानेनन्। पाइलटले बिरामीलाई पनि हेरेनन्। कर्मचारीहरूले नै पाइलटले लान नमानेको बताए।’’

७ हजारको टिकटमा उडाउन नमानेपछि ३६ हजार तिरेर एम्बुलेन्स
बुद्ध एयरले घाइतेलाई छाडेपछि आफन्तहरूले ३६ हजार रुपैयाँ तिरेर एम्बुलेन्स भाडामा लिए। यो समाचार प्रकाशित हुँदा (बिहीबार मध्यान्न १ बजे) घाइते बोकेको एम्बुलेन्स रुपन्देही आइपुगेको छ। बाजुरा बुढिगंगा १० लोकशरी अछामको बयलपाटा अस्पतालमा उपचाररत थिइन्। बयलपाटा अस्पताले उपचार सम्भव नभएको भन्दै काठमाडौं रिफर गरेको थियो। उपचारको लागि ढिला हुँदा उनको अवस्था जटिल बनेको श्रीमान् एकेन्द्र कुँवर बताउँछन्।
चिकित्सकले घाइतेलाई जहाज चढ्न मिल्छ भनेर सिफारिस गरेका थिए। घाइतेसँगै बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाह पनि एयरपोर्ट पुगेका थिए। उनैले घाइतेको टिकट बन्दोबस्त गरिदिएका थिए। चार घण्टा कुराएर मन्जुरीनामा र बोर्डङ पास बनाइसकेको घाइतेलाई लैजान नसक्ने बताएपछि विमानस्थलसम्म छाड्न गएकाहरूले जसरी पनि लैजान भन्दै अनुनय विनय गर्न थाले।

‘पाइलटको आदेश’ भन्दै आफूहरूको हारगुहार बुद्धका कर्मचारीले नसुनेको बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले नेपालभ्यूजसँग टेलिफोनमा भने, ‘‘म आफैँ स्वास्थ्यकर्मी हुँ। उहाँको उपचारमा सहयोग गरिरहेको थिए। उहाँलाई विमान सजिलै बस्न सक्नुहुन्थ्यो। उनी ह्विलचियरमा बसिरहनुभएको थियो। सबै प्रक्रिया पूरा भएपछि अन्त्यमा बिरामीमालाई लैजान मानेनन्। पाइलटले बिरामीलाई पनि हेरेनन्। कर्मचारीहरूले नै पाइलटले लान नमानेको बताए।’’

७ हजारको टिकटमा उडाउन नमानेपछि ३६ हजार तिरेर एम्बुलेन्स
बुद्ध एयरले घाइतेलाई छाडेपछि आफन्तहरूले ३६ हजार रुपैयाँ तिरेर एम्बुलेन्स भाडामा लिए। यो समाचार प्रकाशित हुँदा (बिहीबार मध्यान्न १ बजे) घाइते बोकेको एम्बुलेन्स रुपन्देही आइपुगेको छ। बाजुरा बुढिगंगा १० लोकशरी अछामको बयलपाटा अस्पतालमा उपचाररत थिइन्। बयलपाटा अस्पताले उपचार सम्भव नभएको भन्दै काठमाडौं रिफर गरेको थियो। उपचारको लागि ढिला हुँदा उनको अवस्था जटिल बनेको श्रीमान् एकेन्द्र कुँवर बताउँछन्।
जहाजले लैजान नमानेपछि एम्बुलेन्सको खोजी गरियो। बल्ल बल्ल ३६ हजार रुपैयाँमा सस्तो पाइयो। अरूले पैसा खोजखाज गरेर एम्बुलेन्स रिजर्भ गरिदिए। हामी अहिले काठमाडौं जाँदै छौ,’’ एकेन्द्रले टेलिफोनमा भने, ‘‘हिजै अस्पताल पुर्‍याउनुपर्ने बिरामी अझै बाटोमा छ। अवस्था झन्भन्दा झन् गम्भीर बनेको छ।’’

घाइतेलाई अस्पतालले रिफर गरे पनि उपचारको पैसा नभएपछि विभिन्न व्यक्तिसँग सहयोग जुटाइएको थियो। बुद्ध एयरलाइन्सले नलगेपछि फेरि एम्बुलेन्सको लागि पैसा जुटाउँदा केही समय लागेको थियो।जहाजले लैजान नमानेपछि एम्बुलेन्सको खोजी गरियो। बल्ल बल्ल ३६ हजार रुपैयाँमा सस्तो पाइयो। अरूले पैसा खोजखाज गरेर एम्बुलेन्स रिजर्भ गरिदिए। हामी अहिले काठमाडौं जाँदै छौ,’’ एकेन्द्रले टेलिफोनमा भने, ‘‘हिजै अस्पताल पुर्‍याउनुपर्ने बिरामी अझै बाटोमा छ। अवस्था झन्भन्दा झन् गम्भीर बनेको छ।’’

घाइतेलाई अस्पतालले रिफर गरे पनि उपचारको पैसा नभएपछि विभिन्न व्यक्तिसँग सहयोग जुटाइएको थियो। नेपाल-भ्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!