२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कैलाली प्रहरीले चोरीको सुनसहित साढे २५ लाख भारतीय रुपैयाँ पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ १३, २०७९

ABC (क्राईमबिट)
धनगढी । कैलालीबाट प्रहरीले दुई तोला सुनसहित २५ लाख बढी भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-४ र घोडाघोडी नगरपालिका-८ बाट प्रहरीले बिहीबार २५ लाख ६८ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बर्दगोरिया-४ सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा लुकाई छिपाई राखेका भारतीय रुपैयाँ २ लाख २२ हजार र घोडाघोडी-८ का लालबहादुर थापाको घर नजिकको खेतबारीमा खाल्डोमा लुकाई छिपाई राखिएको भारतीय रुपैयाँ २३ लाख ४६ लाख र २ तोला स-साना सुनका टुक्रा गरिएको छ । भारतको विभिन्न स्थानबाट चोरी गरी भारतीय रुपैयाँ र सुन ल्याई लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले यी ठाउँबाट रुपैयाँ र सुन बरामद गरेको जनएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]