२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

राजधानीका क्यासिनोमा नेपाली जुवाडेको भीड पैसा खाने प्रहरीको लिस्ट तयार पार्दै आइजिपी सचिवलय

Logo
प्रकाशित शनिबार, जेठ १४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नियगमन गर्ने निकाय र प्रहरी प्रशासनको कमजोर कमाण्डका कारण राजधानीलगायत देशका अधिकांश क्यासिनो र मिनी क्यासिनोमा नेपाली जुवाडेको भीड लाग्न थालेको छ । राजधानीमा सञ्चालित होटल सोल्टीमा अवस्थित क्यासिनो माजोङ, होटल मेरियटमा सञ्चालित क्यासिनो डेल्टिन र ठमेलस्थित छाँया सेन्टरमा अवस्थित अलफ्टमा रहेको वाल्डो डाइनेस्टीको क्यासिनोमा नेपाली जुवाडेलाई निर्वाध प्रवेश गराईएको छ ।

निर्वतमान प्रहरी महानिरक्षक शैलेश थापा क्षेत्रीको कमजोर कमाण्डका कारण उपत्यकमा जुवालगायत अवैध धन्दा फस्टाएको हो । प्रहरी चेन अफ कमाण्डमा भन्दा राजनीतिक दलको ईसारामा चल्न थालेपछि अपराधको जालो झाँगिएको हो । जुवा, अवैध मिटर व्याज, सहकारीको ठगी पछिल्लो समय संगठीत रुपमै मौलाएको प्रहरीका एक अधिकृत बताउँछन् । पाँच बर्ष अगाडी क्यासिनोमा नेपाली प्रवेश र जुवामा क्यासिनोभित्र अबैध लगानी गर्ने माथि प्रहरीले विशेष अप्रेशन चलाएपछि भागभाग मच्चिएको थियो । तर, तत्कालीन आईजीपी सर्वेन्द्र खनालको बहिर्गमन र ठाकुर ज्ञवालीको आगमनसँगै यस्ता अपराध मौलाउन थालेको हो । जुन अपराध निवर्तमान आईजी शैलेश थापाको पालामा झन् मौलायो ।

थापाको २२ महिने कार्यकालमा नेपाल प्रहरीका अधिकांश सदस्यले अभिभावकविहीन महशुस गरेको तीतो यथार्थ अहिले बताउन थालेका छन् । प्रहरीमा राजनीतिक दल हाबी भएकै कारण अपराध मौलाएको उनीहरुको बुझाई रहेको छ । जसको एक उदाहरण पछिल्लो समय क्यासिनोमा नेपाली जुवाडे र मिटरब्याजमा लगानी गर्ने गिरोहको मनोबल बढेको इमान्दार प्रहरीको ठहर छ ।

यस्ता क्यासिनोमा मिटरब्याजीमा लगानी गर्ने गिरोहलाई प्रहरीकै संरक्षण रहेको छ । ती गिरोहले प्रहरीकै पैसा मिटरब्याजमा लगाई दिने हुनाले तिनीहरुको संरक्षण गर्दै आएको काठमाडौं परिसरका एक अधिकृतले बताए । राजधानीलगायत बाहिरका अधिकांश क्यासिनोले प्रहरीलाई राम्रै ‘नजराना’ बुझाएर नेपालीको प्रवेशलाई सहज बनाई दिएको छ । स्रोतका अनुसार आईजीपी सचिवालयले यस्ता क्यासिनोबाट पैसा असुलेर नेपाली प्रवेश गर्न दिने प्रहरी र जुवाडेलाई मिटरब्याजमा पैसा लगानी गर्ने गिरोहको लिस्ट तयार पार्दैछ । अन्लाईन-न्युज
7 बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!