२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

दाङको लमहीमा पेट्रोलियम पदार्थको महँगी विरुद्ध दुई युवाको अनशन

Logo
प्रकाशित शनिबार, जेठ १४, २०७९

 

मेगमन बुढा

दाङ । देउखुरीको लमहीमा सरकारले जनताको ढाड सेक्ने गरि बढाएको चरको महँगी विरुद्धमा दुई युवाले अनशन बस्न थालनी गरेका छन् ।

शुक्रबार बिहान एघार बजेदेखि दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा नेपाल सरकारले अनावश्यक जनताको ढाड सेक्ने गरि पेट्रोल,डिजेल र ग्यासको मुल्य वृद्धि गरेको भन्दै सामाजिक अभियानता लमही-५ का ३९ वर्षीय दिल्ली राज खनाल र वडा नम्बर ४ का ३६ वर्षीय बाबू रोका मगरले संयुक्त रुपमा अनशन थालनी गरेका हुन् ।

उनिहरुको अनशन जबसम्म नेपाल सरकारले तत्काल बर्तमन समयमा बढाएको पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर्दैन तबसम्म निरन्तर अनशन जारी राख्ने खनाल र रोकाले बताएका छन् । यस्तै उनिहरुले यो अनशनको अभियानलाई सफल बनाउनको लागि संचार कर्मी,विभिन्न सामाजिक अभियानता र सरोकारवाला निकायलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!