२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

केन्द्रिय सहायता तथा समन्वय कक्षको उद्घाटन सशस्त्र प्रहरीका डीआईजी खड्काद्वारा

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हालै स्थापना गरिएको केन्द्रिय सहायता तथा समन्वय कक्षको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्काले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

त्यसअवसरमा नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी राष्ट्रसेवकहरु अवकाश, राजीनामा तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएमा सम्बन्धित कर्मचारी र आश्रित परिवारले निबृत्तीभरण लगायतका संचयकोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानबाट प्राप्त हुने सुविधा तथा विभिन्न कामकारवाहीहरु छिटो, छरिटो र सहज होस भन्ने उद्देश्यले उक्त कक्ष स्थापना गरिएको उल्लेख गर्दै उनिहरुलाई सो कार्यका लागि ती कार्यालयहरुमा ल्याउन लैजान तथा अन्य प्रशासनिक सहयोगका लागि सवारी साधन तथा अनुभवी कर्मचारी खटाई सेवा प्रधान गरिने बताए ।

उनले प्रत्येक महिनामा दुई पटक सेवाग्राहीहरुलाई संकलन गरी सहजीकरण गरिने व्यवस्था मिलाईएको उल्लेख गर्दै सो कार्यले वहालवाला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल बृद्धि हुनुकोसाथै अवकाश पछिको जीवनमा समेत संगठनप्रती सकारात्मक रहिरहने विश्वास व्यक्त गरे ।

यसैगरी सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काले सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको शिसु स्याहार केन्द्रको शुभारम्भ गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत राष्ट्रसेवकका शिसुहरुलाई कार्यलय समयमा स्याहार सुसार तथा रेखदेखका लागि वि.सं. २०६८ साल फागुन २८ गतेबाट सुरु गरिएको उक्त केन्द्र भूकम्प तथा कोभिड-१९ महामारीको कारण बन्द रहेकोमा आजैबाट सो सेवा पुनः संचालन गरिएको हो ।

त्यसअवसरमा नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी कर्मचारीहरुलाई आफु ड्यूटिमा रहेका अवस्थामा उनिहरुको सन्ततीहरुको उचित रेखदेख र स्याहारका लागि सो केन्द्रको औचित्य र महत्वलाई आत्मसाथ गर्दै पुनः संचालन गरिएको बताउदै हाललाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा र भविष्यमा अन्य युनिटहरुमा समेत विस्तार गरिदै लैजाने संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षको योजना रहेको बताए ।

उनले यस सुविधाले सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्ना बालबच्चालाई आफ्नै निगरानीमा राखी उचित समय समेत दिई बालबालिकाहरुको सर्वार्ङिण विकासमा योगदान दिनसक्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]