२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

केन्द्रिय सहायता तथा समन्वय कक्षको उद्घाटन सशस्त्र प्रहरीका डीआईजी खड्काद्वारा

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हालै स्थापना गरिएको केन्द्रिय सहायता तथा समन्वय कक्षको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्काले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

त्यसअवसरमा नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी राष्ट्रसेवकहरु अवकाश, राजीनामा तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएमा सम्बन्धित कर्मचारी र आश्रित परिवारले निबृत्तीभरण लगायतका संचयकोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानबाट प्राप्त हुने सुविधा तथा विभिन्न कामकारवाहीहरु छिटो, छरिटो र सहज होस भन्ने उद्देश्यले उक्त कक्ष स्थापना गरिएको उल्लेख गर्दै उनिहरुलाई सो कार्यका लागि ती कार्यालयहरुमा ल्याउन लैजान तथा अन्य प्रशासनिक सहयोगका लागि सवारी साधन तथा अनुभवी कर्मचारी खटाई सेवा प्रधान गरिने बताए ।

उनले प्रत्येक महिनामा दुई पटक सेवाग्राहीहरुलाई संकलन गरी सहजीकरण गरिने व्यवस्था मिलाईएको उल्लेख गर्दै सो कार्यले वहालवाला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल बृद्धि हुनुकोसाथै अवकाश पछिको जीवनमा समेत संगठनप्रती सकारात्मक रहिरहने विश्वास व्यक्त गरे ।

यसैगरी सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काले सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको शिसु स्याहार केन्द्रको शुभारम्भ गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत राष्ट्रसेवकका शिसुहरुलाई कार्यलय समयमा स्याहार सुसार तथा रेखदेखका लागि वि.सं. २०६८ साल फागुन २८ गतेबाट सुरु गरिएको उक्त केन्द्र भूकम्प तथा कोभिड-१९ महामारीको कारण बन्द रहेकोमा आजैबाट सो सेवा पुनः संचालन गरिएको हो ।

त्यसअवसरमा नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी कर्मचारीहरुलाई आफु ड्यूटिमा रहेका अवस्थामा उनिहरुको सन्ततीहरुको उचित रेखदेख र स्याहारका लागि सो केन्द्रको औचित्य र महत्वलाई आत्मसाथ गर्दै पुनः संचालन गरिएको बताउदै हाललाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा र भविष्यमा अन्य युनिटहरुमा समेत विस्तार गरिदै लैजाने संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षको योजना रहेको बताए ।

उनले यस सुविधाले सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्ना बालबच्चालाई आफ्नै निगरानीमा राखी उचित समय समेत दिई बालबालिकाहरुको सर्वार्ङिण विकासमा योगदान दिनसक्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!