१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

आइजिपी सिंह आए पछी शक्तिकेन्द्र धाउने अधिकृतहरुको रेकर्ड राख्दै प्रहरी प्रधान कार्यालय

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा शक्तिकेन्द्रको हस्तक्षेपले सीमा नाघेको विषय ‘ओपन सेक्रेट’जस्तै छ । शैलेश थापा प्रहरी प्रमुख हुँदा प्रहरी अधिकृतहरु भन्थे– आईजीपीकहाँ गएर न सरुवा हुन्छ, न बढुवा । दर्जाअनुसार शक्तिकेन्द्रमा धाउने चलन प्रहरीमा दाल–भातजस्तै भएको छ । तर, अहिलेका प्रहरी प्रमुख धिरज प्रताप सिंहले सो संस्कारलाई ‘ब्रेक’ गर्न खोजेका छन् । सिंहलाई वैशाख १८ मा मन्त्रिपरिषद्ले २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको थियो ।

आईजीपी भएपछि सिंहले शक्तिकेन्द्र धाउने प्रहरी कर्मचारीको ‘रेकर्ड’ राख्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् । आफू अनुकूलको निर्णय गराउन संगठन बाहिरबाट दबाब दिनेहरूलाई ‘नोटिस’मा राख्न थालिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले बताए ।

रातोपाटीसँग कुरा गर्दै केसीले भने, ‘काम गर्नेलाई संगठनले नै पहिचान गरेर अवसर दिन्छ ।’

गृह–सचिव नेतृत्वको बढुवा समितिले जेठ ९ मा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एआईजी बढुवा समितिको सदस्य–सचिव आईजीपी हुन्छन् । वरीयता अनुसार बढुवा सिफारिस गरिएको हुनाले सो बढुवा ‘सुनौलो’ रहेको जानकारहरु बताउँछन् ।

पद दुरुपयोग गर्नेलाई धमाधम कारवाही

आईजीपी सिंह गलत काम गर्ने प्रहरी कर्मचारीविरुद्ध आक्रामक भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा कार्यरत इन्स्पेक्टर राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । अहिले उनी निलम्बनमा छन् । जेठ २० मा निलम्बनको अवधि सकिनुअघि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ ।इन्स्पेक्टर कुर्मीलाई बर्खास्त गर्न मन्त्रालयमा लेखेर पठाइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । कुर्मीले तराईका जिल्लाहरुका प्रहरी युनिटबाट पैसा उठाउने गरेको आरोप छ । रातो-पार्टीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

error: Content is protected !!