२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

खानेपानीको बिल धेरै आए पछी दाङ सिसहनियाँका उपभोक्ताहरु आन्दोलित

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९


(ABC=SANCHAR)
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५, ७ र ८ का स्थानीयहरूले खानेपानीको मिटर बिल बढी आएको भन्दै आन्दोलित भएका छन् ।
प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण सुरू गरेको खानेपानीको बिल अत्यन्त महँगो भएको भन्दै उपभोक्ताहरूले गुनासो समेत गरेका छन् ।

खानेपानी आयोजना निर्माण कार्य भर्खरै सम्पन्न गरेर उपभोक्ताहरूको घर घरमा पानी पुर्‍याएको संस्था पहिलो वर्षको पहिलो पानी महसुल बिलमै विवादित बनेको छ । घर घरमा पानी आयो भन्दै खुसी भएका उपभोक्ताहरू अहिले भने निकै दुखी भएका छन् । सर्वसुलभ र सस्तोमा पानी खाने सोच बनाएर धारा जडान गरेका उपभोक्ताहरू अहिले भने चर्को शुल्क तिर्न परेको भन्दै आक्रोसित बन्न थालेका छन् ।

संस्थाले ७ हजार लिटर सम्म न्यूनटम शुल्क २०० रूपैयाँ, ८ हजार देखि १२ हजार लिटर सम्म ४० रूपैयाँ, १३ हजार देखि २२ हजार लिटर सम्म ६० रूपैयाँ र २३ हजार देखि माथि ८० रूपैयाँ कायम गरेको छ । तर संस्थाको नियम अनुसार बिल नआएर मंहगो बिल आएको उपभोक्ताहरूले बताएका छन् ।राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ निवासी देवीप्रसाद चाैधरीको ५ हजार ८ सय, वडा नम्बर ७ निवासी रतिदेवी परियारको २ हजार २ सय, सोही वडा कै विमला परियारको १ हजार ६ सय ४० रूपैयाँ बिल आएको उपभोक्ता रणप्रसाद सुवेदीले जानकारी दिएका छन् । यी त उदाहरणीय पात्र मात्र हुन् अधिकाशं उपभोक्ताहरूको बिल यसरी नै महंगो आएको छ ।

यसै बिच सोमबार राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा ३ वटा वडाका उपभोक्ताहरूको एक भेलाले आन्दोलनको कार्यक्रम समेत तय गरेको छ । उपभोक्ता रणप्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकले खानेपानीको शुल्क तत्काल घटाउनु पर्ने, प्रति परिवार ७ हजार लिटर पानी उपलब्ध गराएको संस्थाले १५ हजार लिटर पानी उपलब्ध गराउनु पर्ने माग राखेका छन् । यदि सो माग एक हप्ता भित्र पूरा नभए पहिलो चरणमा खानेपानी कार्यालय घेराउ गर्ने, तालाबन्दी गर्ने र कानुनी उपचार खोज्ने निर्णय समेत गरेका छन् ।

यता खानेपानी संस्थाका अध्यक्ष शान्तराज शर्माले उपभोक्ताहरूकै लापरबाहीले बिल महंगो आएको बताएका छन् । धारामा टुटी ज‍ोड्नु पर्ने हो अधिकाशं उपभोक्ताले धारामा टुटी जोडेका छैनन् । पानीको फोर्स बढी छ, जसका कारण मिटर बढी चलेर बिल महंगो आएको हुन सक्ने उनले बताए । उपभोक्ताले धाराबाट सवै काम गर्दा र लापरबाही गरेर पानी चुहावट बढी भएको हुन सक्ने समेत उनले बताएका छन् । देउखुरी-टुडेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]