२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिरहा प्रहरीले बाउ र छोराको हत्या गरेको आरोपमा बुहारीसहित ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९

ABC (क्राईमबिट)
सिरहा । अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका–४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो ।

घटना लगत्तै सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान थालेको थियो ।

घटनामा संलग्न रहेको पाइएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । उक्त घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला र चार थान मोबाइलसमेत बरामद गरिएको उनले बताए ।

पारिवारिक रिसिइबीका कारण बाबुछोराको हत्या भएको खुलेको छ । पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]