२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

चितवन प्रहरी प्रमुख एसपी अधिकारी सहित १० जना नगदद्वारा पुरस्कृत

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९

ABC (क्राईमबिट)
चितवन । वाग्मती प्रदेश प्रहरीले आफू मातहतका १० प्रहरी अधिकारीलाई रेडर्कमा जनिने गरी पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीसहित १० अधिकारी छन् ।

पुरस्कृत हुने अधिकारीमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ, वाग्मती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा तथा जिप्रका सिन्धु्पाल्चोकका एसपी रामेश्वर प्रसाद यादव, सिन्धुली प्रहरी प्रमुख एसपी विमलराज कँडेल, नुवाकोटका प्रहरी प्रमुख एसपी रामप्रकाश शाह, धादिङका प्रहरी प्रमुख एसपी राकेश सिंह र काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशी छन् । उनीहरुलाई जनही १ हजार ५ सय रुपैयाँले पुरस्कृत गरिएको हो ।

यस्तै, रसुवाका प्रहरीका डीएसपी कुलदीप चन्द, जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङ र जिल्ला प्रहरी कार्यालय दोलाखाका डीएसपी गंगाप्रसाद पौडेललाई पनि जनही १ हजार पाँच सय रुपैयाँले पुरस्कृत गरिएको छ ।
स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाकी प्रमुख डीआईजी पूजा सिंहले उनीहरुलाई पुरस्कृत गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।