०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

दाङ ट्राफिक प्रमुख परियार चालक र सहचालकलाई ट्राफिक नियम सिकाउदै

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले बसका चालक, सहचालक र यात्रुहरुलाई प्रशिक्षण कार्यक्रम अभियान चलाएको छ । सडकमा गाडीहरु रोकेर आबस्यक कागजपत्र जाँच गर्ने प्रायः प्रहरीले बस भित्रै गएर यात्रुहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने गरेको छ्न ।

चालक र सहचालक यात्रुहरुलाई समेत ट्राफिक नियमको बारेमा कडाईका साथ पालना गर्न आग्रह गरेको छ । यात्रुहरुलाई प्रहरीले नियम उल्लंघन गर्ने चालकहरुका बिरुद्ध ट्राफिक प्रहरीमा जानकारी गराउन समेत अनुरोध गरेको छ । दाङबाट छुट्ने रात्री बसका चालकहरूलाई तिब्र गतिमा सवारी नचलाउन, थकान तथा तनावको बेलामा सवारी नचलाउन, गलत तरिकाले ओभर टेक नगर्न अनुरोध गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]