२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

२१ बर्ष देखि बागलुङमा अझैअम्म पाइँदैन ढुक्कले खानेपानी गाउँलेहरुले

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

(ABC=SANCHAR)
बलेवा । बागलुङ नगरपालिका–६ का झन्डै एक दर्जन गाउँमा सधैँ खानेपानीको समस्या रहन्छ । पानीको मुहान गाउँभन्दा झन्डै ६ किलोमिटर टाढा छ । बागलुङ नगरपालिका–७ तितौरे गाउँबाट पानी यहाँ ल्याइएको हो ।

एक्काइस वर्ष अघि सुरु भएको पानी ल्याउने काम केही वर्ष अघि पूरा भएको हो । गाउँमा पानी त आयो तर ढुक्कका साथ गाग्री भर्न भने यहाँका सर्वसाधारणले अझै पाएका छैनन् । लामो दूरीमा पाइपलाइन भएकाले वर्षामा बाढी पहिरोले पटक पटक अवरुद्ध हुने गरेको छ । हिउँदमा मुहान सुक्छ ।

असारदेखि फागुनसम्म पानीको समस्या कम हुन्छ । फागुनदेखि वैशाखसम्म खडेरीले निकै पिरोल्छ । ‘आकाशको पानी आउँदा मुहान तर्सिन्छन्, हामीले पानीको समस्या भोग्नुपर्दैन, तर बाढी पहिरोले भने अवरुद्ध हुन्छ’, बागलुङ नगरपालिका–६ का मानबहादुर केसीले भने, ‘पहिलाभन्दा घर पनि बढेका छन्, पानी धेरै चाहिन्छ । पानीको मात्रा कम छ ।’ वर्षा हुँदा खानेपानीको समस्या कम हुन्छ ।

यहाँ नजिकमा पानीका मुहान छैनन् । अधिकांश गाउँमा खानेपानीको समस्या छ । विसं २०५८ मा ६ किलोमिटर टाढा तितौरेबाट पानी ल्याउने काम सुरु भएको हो । विसं २०६४ मा मात्र गाउँमा पानी पुगेको केसी सम्झन्छन् । ‘ट्याङ्कीमा जम्मा गरेर घर घरमा पुगेका पाइपमा पानी बाँडेर काम चलाइएको छ, धारा बनाउन र पानी व्यवस्थित गर्न अझै बाँकी छ’, उनले भने, ‘यसअघि वडाले पहिला पानी नभएका ठाउँमा काम गर्‍यो, जसोतसो चलेकै थियो, अब व्यवस्थित होस् ।’

एक्काइस वर्ष अघि जडान भएको पानी ल्याउने पाइप सानो भएको र मुहान थप गरेर भए पनि बाह्रै महिना २४सैँ घण्टा पानी आउने वातावरण हुनुपर्ने केसीजस्तै वडावासीको माग छ । यो मुहानको पानी यहाँका ४०० घरपरिवारले प्रयोग गर्ने गरेका छन् ।

बागलुङ नगरपालिका–६ का २५० परिवारलाई अझै पनि खानेपानीको समस्या छ । लाकुरीबोट, धारा पानी, पैञ्युपाटा, भान्साको छापलगायतका गाउँमा उपयुक्त मुहानको अभावमा घरघरमा पानी पुर्‍याउन समस्या रहेको वडाध्यक्ष रुद्रबहादुर कसीले बताए । पुराना पँधेरा र कुँवाको भरमा खानेपानीको जोहो गरिँदै छ । ती पँधेरा र कुवासमेत सुक्खा समयमा सुक्ने भएकाले लिफ्टििङ प्रविधिबाट त्यहाँ पानी पुर्‍याउने योजना रहेको उनले सुनाए ।

‘बर्खाको समयमा खासै समस्या हुँदैन, हिउँदमा खडेरी परे मुहान सुक्छन् र समस्या निम्तिन्छ’, केसीले भने । पानीको स्रोत थोरै र उपभोक्ता धेरै भएकाले खानेपानीको समस्या झेल्नुपरेको हो । सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यहाँका सर्वसाधारण सबैको घरमा अझै धारा पुगेको छैन । ‘मौरीभिरको गाउँमा एउटै धाराबाट पाँच परिवारले पानीको जोहो गर्छन्’, केसीले भने, ‘घरघरै धारा बनाउन त पानीको मुहान चाहियो ।’ वडा नं ६ को भीरलाङ्कुरी, लंगाउँ, तिनतलेलगायत ठाउँमा लिफ्टिङ प्रविधिबाट पानी पुर्‍याइने र बाँकी गाउँमा समेत उपयुक्त मुहानको खोजी गरेर समस्या समाधान गरिने वडाध्यक्ष केसीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

error: Content is protected !!