३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

निर्मला हत्याकाण्डको अनुसन्धान आफ्नो कार्यकालमा पुरा गर्ने आईजीपी : सिंह

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

  1. ABC (क्राईमबिट)
    काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने पनि बताए ।

    आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

    सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको भन्दै बढुवाको हकमा मेरिट बेसमा गरिने पनि बताए । ‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उनले भने, ‘सोर्सफोर्सले बढुव हुँदैन । शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!