२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

निर्मला हत्याकाण्डको अनुसन्धान आफ्नो कार्यकालमा पुरा गर्ने आईजीपी : सिंह

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

  1. ABC (क्राईमबिट)
    काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने पनि बताए ।

    आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

    सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको भन्दै बढुवाको हकमा मेरिट बेसमा गरिने पनि बताए । ‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उनले भने, ‘सोर्सफोर्सले बढुव हुँदैन । शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!