२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल एक्सनमा देशभरीका घुमुवाहरु तानिए

Logo
प्रकाशित शुक्रबार, जेठ २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले संठनभित्र सुधारको काम थालेका छन्। महानिरीक्षकमा नियुक्त भएको एक महिनामै उनले संस्थागत सुधारको थालनी गरेका छन् ।

कर्मचारीको हितमा १० बुँदे निर्णय गरेर त्यसको कार्यान्वायन अघि बढाएका उनले अनियमितताविरुद्ध पनि काम थालेका छन् । उनले सशस्त्र प्रहरी बलबाट सूचना संकलनका नाममा सादा पोसाकमा खटिएका करिब चार सय ‘घुमुवा’लाई एकैपटक फिर्ता गराएका छन् । उनीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको र सूचना संकलनको प्रणालीलाई फिर्ता गरिएको सशस्त्रले जनाएको छ ।

सादा पोसाकमा कर्मचारी खटाउने प्रणालीलाई व्यवस्थित बनाउन हाल कार्यरत सबैलाई ‘घुमुवा’ फिर्ता गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले बताए । ‘अब इन्टेलिजेन्स तालिम गरेकालाई मात्र सूचना संकलनमा सादा पोसाकमा खटाइन्छ,’ डिआइजी खड्काले भने, ‘सूचना संकलनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको छ ।’सादा पोसाकमा कर्मचारी खटाउने प्रणालीलाई व्यवस्थित बनाउन हाल कार्यरत सबै ‘घुमुवा’ फिर्ता गरिएको छ । अब इन्टेलिजेन्स तालिम गरेकालाई मात्र सूचना संकलनमा सादा पोसाकमा खटाइन्छ । सूचना संकलनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो ।

सादा पोसाकमा खटिने कतिपय कर्मचारी गैरव्यावसायिक गतिविधिमा लागेको पाइएकाले पनि उनीहरूलाई सम्बन्धित कार्यालयमै फिर्ता गरेर नियमित ड्युटीमा खटाइएको हो । भ्रष्टाचारमा शून्य सहनशीलताको प्रहरी महानिरीक्षक राजु अर्यालको नीतिअनुसार सादा पोसाकमा खटिएका प्रहरी फिर्ता गरी व्यवस्थित गर्न लागिएको प्रवक्ता खड्काले बताए । कुनै कार्यालयले सादा पोसाकका कर्मचारी फिर्ता नगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने चेतावनीसमेत सशस्त्रले मातहतका निकायलाई दिएको छ । सशस्त्रका सबैजसो बाहिनी, गण, गुल्म र बोर्डर आउट पोस्टका प्रमुखले सादा पोसाकमा कर्मचारी खटाउँदै आएका छन् ।

सशस्त्रको योजनाअनुसार सादा पोसाकमा अब इन्टेलिजेन्ससम्बन्धी तालिम गरेका मात्र खटिनेछन् । यसअघि कार्यालय प्रमुखका निकट प्रहरीलाई सादा पोसाकमा खटाउने गरिएको थियो । खासगरी तराईका जिल्लामा खटिने यस्ता कर्मचारी गैरव्यावसायिक गतिविधिमा संलग्नसमेत हुने गरेका थिए । सशस्त्र प्रहरी स्रोतका अनुसार अब सादा पोसाकमा खटिने कर्मचारीको हकमा छुट्टै परिचयपत्रको समेत व्यवस्था गर्न लागिएको छ ।

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका घुमुवा पटक–पटक विवादमा मुछिँदै आएका छन् । छिन्नमस्ता बाहिनी महोत्तरीबाट खटिएका चार घुमुवाविरुद्ध तीन साताअघि बारामा पक्राउ पुर्जीसमेत जारी भएको छ । सशस्त्रका घुमुवाले हतियार डिल गरेर पक्राउ गर्न खोजेका घुमुवालाई नेपाल प्रहरीले पक्राउ गरेपछि हतियार कारोबारमा सशस्त्रका घुमुवाको समेत मिलेमतोको आशंकामा पक्राउ पुर्जी जारी भएको थियो । अनुसन्धानको क्रममा मिलेमतो नदेखिएपछि उनीहरूलाई मुद्दा नचलाउने सहमति भएको स्रोत बताउँछ । तराई क्षेत्रमा कार्यरत अन्य घुमुवा पनि अनुसन्धानको क्रममा छन् । घुमुवाका कारण सगठन बदनाम भएपछि उनले यसमा सुधार थालेका हुन् । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!