ABC (क्राईमबिट)
काठमाडौं । सरकारले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ ।
बुथ कब्जाका कारण निर्वाचनमा विवाद र स्थगित भएपछि सरकारले निर्वाचन आयोगको सिफारिसमा उनीहरुलाई परिवर्तन गरेको हो । निर्वाचन आयोगले बाजुरामा पुनः चुनाव गराउने तयारी गरेको छ ।
गृह मन्त्रालयका अनुसार प्रकाशचन्द्र अधिकारीलाई सिडिओको जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरी प्रमुखमा गंगादत्त पन्त र नेपाल प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।
यसअघि प्रजिअ उपेन्द्रराज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्ट र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा कार्यरत थिए ।
बाजुराको बुढीगंगा नगरपालिकामा गत ३० वैशाखमा भएको निर्वाचनमा कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ । एमालेले भने सत्ताको दुरूपयोग गर्दै कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएको छ ।