२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

राप्ती नदी उत्खनन गर्न दिएको प्रति वातावरण संरक्षण पत्रकार संस्थाको गम्भीर ध्यानाकर्षण

Logo
प्रकाशित शनिबार, जेठ २१, २०७९

(ABC=SANCHAR)
दाङ । देउखुरी वातावरण संरक्षण पत्रकार मंचले लमही नगरपालिकाका प्रमुख (मेयर)र उपप्रमुख (उपमेयर)लाई शुक्रबार कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष भानु जोशी र प्रवक्ता महेश रिजालले मेयर जोगराज चौधरी र उपमेयर लक्ष्मी योगीलाई मेयरको कार्यकक्षमा पुगेर राप्ती नदी उत्खननको लागि दिएको अनुमती प्रति आफ्नो संस्थाको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो । उक्त ध्यानाकर्षण पत्र यस्तो छ
उपरोक्त सम्बन्धमा दाङ जिल्लामा ८२ % चुरेक्षेत्र पर्दछ। चुरे तराईको पानीको रिचार्जका रुपमा रहेको प्राणहो। चुरे बचाउन सकिएन भने भोलि भयावह स्थिति नआउला भन्न सकिन्न।चुरेको दोहन रोक्न सकिएन भने दाङ जिल्ला मरुभूमि करण हुने प्रायः निश्चितछ ।

दाङ जिल्लाको देउखुरी उपत्यकामा रहेको राप्ती जलाधार पनि वर्षेनीको उत्खननले गर्दा गहिरिदै गएकोछ। देउखुरी उपत्यका सिंचित गर्ने एउटा महत्वपूर्ण जलाधार वर्षेनी मेसिनहरु प्रयोग गरेर क्रसरहरुको मिलोमतोमा खन्दा सतह गहिरिएको सर्व वितितैछ।

यसै सन्दर्भमा लमही नगरपालिकाले मेसिन प्रयोग गरि राप्तीमा नदीजन्य बस्तुहरु निकाल्न दिएको अनुमति प्रति हाम्रो संस्था दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मंचको गम्भीर ध्यानाकर्षण भएकोछ।बिपत ब्यबस्थापनका नाममा नदी भित्र मेसिन प्रयोग गर्नु किमार्थ राम्रो कुराहोइन र यो चुरेको निति नियम बिपरितहो, यसले दीर्घकालीन असर पार्छ,स्थानीय सरकार पानीका स्रोत संरक्षण गर्ने, हाइड्यामको अवधारणा लागु गर्नको सट्टा कौडीको राजस्वका लागि मापदण्ड बिपरित मेसिनलाई इजाजत दिइ गैरजिम्मेवार भएको हामीलाई महसुस भएकोछ,त्यसैले यसका दीर्घकालीन असरलाई ध्यानमा राखी राप्ती नदीमा मसिन प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन गर्ने निर्णय फिर्ता लिइ उपभोक्ताहरुको मसिन प्रयोग नगरि बैकल्पिक ब्यबस्थाबाट माग पुरा गर्न जोडदार माग गर्दछौं।

त्यस्तै सो ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख (मेयर) जोगराज चौधरीले यस अघिका जनप्रतिनिधिले उत्खनन गर्ने भनि लमही नगरपालिका भित्र पर्ने केही राप्ती नदीको घाटहरुमा टेन्डर प्रक्रियाबाट राजेश्व संकलन गरि सकेको हुँदा उक्त निर्णयलाई सदर गरेको बताउनु भयो ।यस्तै उहाँले यो वर्ष जे जस्तो भएपनि आउँदो वर्ष यसरी अब राप्ती नदीमा उत्खनन गर्न नदिने प्रतिबद्धता जनाउदै बरु यस कार्यमा सहयोग गर्न संरक्षण कर्मीलाई अनुरोध गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) महेन्द्रनगर । यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो। राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए। इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले […]

(ABC-Sanchar) काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका ६ बस्ने ४५ बर्षका कृष्ण परियार झुण्डिएका थिए । उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खवर पाएपछि सशस्त्र प्रहरी बल नेपालको बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले […]

ABC (क्राईमबिट) काठमाडौं । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै उक्त गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । कर्मचारीहरुलाई दैबिक प्रकोपको […]