२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ओली प्रधानमन्त्री हुँदा १०२ रूपैयाँको पेट्रोल देउवा प्रधानमन्त्री हुँदा १८० एमालेका प्रमुख सचेतक : भट्टराई

Logo
प्रकाशित शनिबार, जेठ २१, २०७९

(ABC=SANCHAR)
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पछिल्ला समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयमा सरकारको आलोचना गरेका छन्।

वर्तमान सरकार गैरजिम्मेवार हुँदा १५ दिनमै दुईपटक इन्धनको मूल्यवृद्धि भएको भट्टराईको आरोप रहेको छ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा प्रतिलिटर पेट्रोलको मूल्य १०२ भएको र यतिबेला शेरबहादुर देउवाको नेतृत्वको सरकार हुँदा पेट्रोलको मूल्य १८० रूपैयाँसम्म पुगेको पनि उल्लेख गरे।

उनले भनेका छन्,‘केपी ओली प्रधानमन्त्री रहँदा पेट्रोलको मूल्य १०२ रूपैयाँ थियो, देउवाको पालामा हिजो १० रुपैयाँ घटेपछि १७० पुगेको छ। डिजेलको मूल्य ८८ थियो १६३ पुगेको छ। १ हजार ४२५ रहेको ग्यासको मूल्य १८ सय हुन पुगेको छ। बजारमा ८४ रूपैयाँ रहेको चिनीको मूल्य होलसेलमै ९९ पुगेको छ। तिहारसम्म चिनीको मूल्य १३० पुग्छ भन्ने आइरहेको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]