२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बालुवा प्रशोधन केन्द्र अमिलियाले नदिमा बाध बाधेर दोहन गर्दै सिडियोको रोक्ने निर्देशन

Logo
प्रकाशित शनिबार, जेठ २१, २०७९

(ABC=SANCHAR)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बन्द गरेको बालुवा प्रशोधन केन्द्रले फेरि अबैध क्रशिङको काम गरेर नदिमा बाध बाधेर मनपरी नदिजन्य दोहन गरेको छ ।

राप्ती नदीको बीचौबीच भागमा ठूलै बाँध लागेको छ। वारीको बाँधका कारण नदीको ठूलो हिस्सा पारी च्यापिएको छ। राप्तीको मध्य भागको बाँध कुनै सिँचाइ आयोजनाका बाँधिएको हैन। लमही नगरपालिका ९ अमिलियामा रहेको जिल्ला प्रशासन कार्यालय दाङले बन्द गरेको बालुवा प्रशोधन केन्द्रले अबैधरुपमा क्रसिङको काम गर्दै नदीजन्य दोहनका लागि लगाएको बाँध हो । यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दाङमा नदि जन्य उत्खननमा अदालतबाट रोक्ने आदेश आए पछी दाङ प्रशासनले सबै ठाँउमा रोक्दै आएको र अदालतको आदेशलाई बेवास्ता गर्ने बालुवा प्रशोधन केन्द्रले गरेको नदिजन्य उत्खनन तत्काल बन्द गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]